अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले बुधबार एक औपचारिक समारोहमार्फत पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरेको छ। गोदावरी नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख विरेन्द्र भट्टले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ सहित घोषणा गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख भट्टले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै खोप कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। “खोप मात्र एक सेवा होइन, जनस्वास्थ्यमा दीर्घकालीन लगानी हो,” उनले भने, “स्वास्थ्य क्षेत्रको सुदृढीकरण र जनताको सशक्तिकरण हाम्रो प्रमुख लक्ष्य हो।”

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार पूर्ण खोप सुनिश्चितता घोषणाका लागि आवश्यक सबै मापदण्डहरू पूरा गरिएका छन्। खोपको महत्व, उपलब्धि, औचित्य र पालिका तथा वडास्तरीय घोषणा आधारहरू विश्लेषण गरेर निर्णय लिइएको हो। उनले भने, “गोदावरी नगरमा हालसम्म ९३ प्रतिशत खोप कार्यान्वयन भइसकेको छ, र आगामी वर्ष यो संख्या अझै बढाइनेछ।”

कार्यक्रममा खोप कार्यक्रममा उत्कृष्ट योगदान पुर्याउने १८ वटै आधारभूत स्वास्थ्य संस्थाबाट अनमी र अहेब गरी ३६ जनालाई खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो।
नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख विरेन्द्र भट्टले खोप पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । ‘खोप दिलाउनु हामी सबैको कर्तव्य र जिम्मेवारी हो । नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार, खोपको गुणस्तरियता कायम राख्दै, उमेर अनुसारको लक्षित समूह (जन्मे देखी १५ महिना) सम्मका सम्पुर्ण बालबालिकाहरुलाई पूर्ण खोप प्रदान गरि, गोदावरी नगरपालिका पूर्णखोपयुक्त पालिका घोषणा भएको र यस आर्थिक बर्ष २०८१\०८२ मा पनि खोज र खोपको निति अवलम्बन गरी सम्पुर्ण बालबालिकाहरुलाई पूर्णखोप प्रदान गरी, पूर्णखोप सुनिश्चित पालिका भएको घोषणा गर्दै आगामी वर्षहरुमा पनि पूर्णखोप पालिका सुनिश्चितता र दिगोपना कायम राख्न हामी सबै प्रतिवद्ध छौ’, उनले भने । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ सहित घोषणा गरेका छन् ।
नगरप्रमुख भट्टले खोप अभियान सफल बनाउन दिनरात खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै भने, “स्वास्थ्य सेवामा समर्पित जनशक्तिको योगदान बिना यो सम्भव थिएन । स्वास्थ्य क्षेत्रमा अझ सुधार ल्याउन हामी प्रतिबद्ध छौं ।” यस्तै नगरपालिका स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य नै हाम्रो जीवनको पहिलो प्राथमिकता रहेको र स्वास्थ्य क्षेत्रमा स्वस्थ नगरपालिकाको रूपमा जनताको लागी अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख भट्टले खोप अभियान सफल बनाउन दिनरात खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै भने, “स्वास्थ्य सेवामा समर्पित जनशक्तिको योगदान बिना यो सम्भव थिएन। स्वास्थ्य क्षेत्रमा अझ सुधार ल्याउन हामी प्रतिबद्ध छौं।”
कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकायाले स्वास्थ्य क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गर्दै “हाम्रो नगरमा स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका खेलेको र खोप कार्यक्रमका कारण शिशु मृत्यु दरमा कमी आएको छ र यसले नगरमा अत्यन्त राम्रो प्रभाव पारेको छ’ उनले भने । स्वास्थ्यलाई जीवनको पहिलो प्राथमिकता मानेर आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै कार्यक्रममा जनाइएको विवरण अनुसार गोदावरी नगरपालिका भित्रका १८ वटा स्वास्थ्य संस्थाहरू र ३२ वटा खोप केन्द्र मार्फत १५ प्रकारका रोग विरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले वडाहरू नं. १ देखि १२ सम्मका ०–२३ महिना सम्मका कुल ३ हजार ५ सय ९ जना बालबालिका मध्ये १ हजार ७ सय ९१ जना १ वर्षमुनिका बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरेका थिए । भने समग्रमा खोप सेवा कार्यान्वयनको सफलता दर ९३ प्रतिशत पुगेको जानकारी दिए ।

कार्यक्रममा पूर्ण खोप अभियानमा योगदान गर्ने १८ वटा स्वास्थ्य संस्थाका ३६ जना स्वास्थ्यकर्मीलाई नगरप्रमुख भट्टले दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । ती स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्था, खोप केन्द्र तथा घरदैलोमै गई तथ्याङ्क संकलन गर्दै खोप सेवा सुनिश्चित गरेका थिए ।














