विज्ञापन

आईसीसीले एकदिवसीय बल नियम र कन्कसन-सब्स्टिच्युटमा गर्‍यो संशोधन

विज्ञापन
Image
विज्ञापन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय खेलको बल नियम र कन्कसन-सब्स्टिच्युट सम्बन्धी नयाँ नियम पारित गरेको छ। यी परिवर्तनहरू क्रमशः टेस्टमा जुन १७, एकदिवसीयमा जुलाई २, र टी–२० मा जुलाई १० देखि लागू हुनेछन्।

अहिले एकदिवसीय क्रिकेटमा दुईवटा नयाँ बल प्रयोग हुने प्रचलन छ। नयाँ नियम अनुसार इनिङ्सको सुरुवातदेखि ३४औं ओभरसम्म दुई बल चलाइनेछ। त्यसपछि बाँकी ओभरका लागि तीमध्ये एक बल मात्र प्रयोग हुनेछ। यदि खेल सुरु हुनुअघि नै २५ ओभर वा सोभन्दा कममा सीमित भयो भने एउटै नयाँ बलले पूरै इनिङ्स खेलिनेछ। यसले ब्याट र बलबीचको सन्तुलन कायम गर्ने उद्देश्य राखेको छ।

त्यसैगरी, कन्कसन-सब्स्टिच्युट नियम अन्तर्गत टोलीले म्याच सुरु हुनु अगावै ५ प्रकारका विकल्प खेलाडीहरूको सूची दिनुपर्नेछ— एक ब्याटर, एक विकेटकिपर, एक सिमर, एक स्पिनर र एक अलराउन्डर।

यसले अतीतमा भएका विवादित निर्णयहरू न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। साथै, क्याचसम्बन्धी नियममा पनि संशोधन गर्दै एमसीसीले बाउन्ड्री बाहिरबाट गरिने ‘बनी हप’ क्याच अमान्य हुने व्यवस्था लागू गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन