विज्ञापन

सन्त निरंकारी मण्डल अत्तरियाको आयोजनामा गोदावरी धाममा सरसफाई अभियान

विज्ञापन
Image
विज्ञापन

सन्त निरंकारी मण्डल अत्तरिया शाखाले आइतबार गोदावरी धाम क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको छ।

“स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा मण्डलका स्वयंसेवकहरूले धाम वरपरको क्षेत्र सफा गरेका थिए।

गोदावरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको गोदावरी धामको सरसफाई आवश्यक रहेको बताउँदै २०८४ सालमा आयोजना हुने महाकुम्भको तयारीस्वरूप यो अभियान महत्वपूर्ण रहेको उल्लेख गरे।

गोदावरी धाम विकास समितिका अध्यक्ष पदम राज जोशीका अनुसार धाममा सजाइने कमलका फूलहरू कुम्भ वाटिकाका रूपमा व्यवस्थित गरिँदै आएका छन्। साथै, विभिन्न देवताका प्रतीकस्वरूप १,८०० दिव्य कलश राख्ने परम्परा रहेको छ। उनले महाकुम्भको तयारीका लागि यो पहिलो सरसफाई अभियान भएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सन्त निरंकारी मण्डल अत्तरिया शाखाका सञ्चालक तथा ज्ञान प्रचारक करण सिंह ओडले अत्तरिया, धनगढी, वलानी लगायतका क्षेत्रहरूबाट स्वयंसेवकहरू सहभागी भई सरसफाई गरेको जानकारी दिए। साथै, सद्गुरु भव हरि देवी सिंहजी महाराजको जन्मोत्सवको अवसरमा आयोजना गरिएको यो अभियानले जीवन र जललाई स्वच्छ राख्न प्रेरित गर्ने बताए।

त्यस्तै, सन्त निरंकारी मण्डल धनगढी शाखाका व्यवस्थापक झंकर विष्टले मण्डलले सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै यस्ता अभियानहरूले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा मण्डलका पदाधिकारी, स्वयंसेवक तथा स्थानीय बासिन्दा गरी सयौँको सहभागिता रहेको थियो। सहभागीहरूले धाम परिसरमा फोहोर संकलन गर्नुका साथै वातावरणीय सचेतनासम्बन्धी सन्देशसमेत प्रवाह गरेका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन