अत्तरियाः अत्तरिया बजारको महेन्द्रनगर पट्टीको सडक नाली सरसफाई गरिएको छ ।
गोदावरी नगरपालिका र मातृभूमी संस्थाले संयुक्त रुपमा सडक नाली शनिवार बिहान सरसफाई गरेको हो ।
निर्माण भए देखि नै सडक नालीको सामान्य सरसफाई बिगतमा पनि हुदै आएको थियो । नालीमा फोहर, लेदो, इटा तथा ढुंगाहरुभरिदा सामान्य बर्षातमा पनि पानी सडकमा आउने समस्या भएकोले र दशैँ तिहार तथा छठ पर्व लक्षित, वर्षादको समयमा प्लाष्टिकजन्य पदार्थ सँगै अन्य सामाग्री मिसिदा नाली दुर्गन्धित बनेसँगै गोदावरी नगरपालिकाले सरसफाई गरेको छ ।
दैनिक बिहान र बेलुकाको समयमा ट्याक्टर मार्फद फोहोर उठाउदा पनि पसलधनीहरुले नालीले छेउमा फोहोर राख्नाले हिडडुल गर्दा तथा प्लास्टिक जन्य पदार्थ हावाले उडाएर नालीमा पर्दा नाली जाम भई दुर्गन्धित भएको जानकारी मातृभूमी संस्थाका संचालक गोबिन्द बहादुर रावलले बताएका छन ।
सरसफाई कार्यक्रममा नै गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टका अनुसार फोहोर फाल्दा ट्याक्टरमा दिनुको सट्टा सडक छेउमा जथाभावी एव् नालीमा फाल्नाले नालीमा फोहोर थुप्रिएको बताउछन । पसले दाजु भाई तथा दिदीबहिनीलाई सरसफाईमा जनचेतनाको कमी भएको समेत बताएका छन ।












