अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । नगरपालिकाले शुक्रबार बाट बजार अनुगमन सुरु गरेको हो ।
नेपालीहरुको महान पर्व दशैँ र तिहारलाई लक्षित गरि अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोय नाथ ओझाले अत्तरिया बजारमा अनुगमन गर्ने क्रममा मासुहरुमा अखाद्य रंगहरु भेटिएका र समयाअवधी सकियका सामग्रीहरु थुप्रै भेटिएका हुदा नष्ट समेत गरेको जानकारी दिनुभयो । दशैको समयमा बढी किनमेल र खानपिन बढी हुने भएकाले हिन्दुहरुको महान चाडपर्वलाई लक्षित गरी अनुगमनलाई निरन्तरता दिएको बताउनु भएको छ । शुक्रबारदेखी सुरु भएको अनुगमन अब भने दशैको अघिल्लो दिनसम्म निरन्तर चल्ने जनाइएको छ ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख लोक बहादुर खड्काले जनताहरुको हकहितका लागि जनताको स्वास्थ्यमा हानिकार नहुने खाद्य वस्तुहरुको नष्ट गर्नका लागि अनुगमनलाई निरन्तरता दिएको बताउनु भएको छ । अखाद्य बस्तुहरु भेटिएमा पहिलो चरणमा व्यापारीहरुलाई सुझाव दिने र यदि उक्त नियम पालना गर्न सकेन भने कार्वाही समेत गर्ने उहाले बताउनु भयो ।
शुक्रबार मसला, चिसो पेयपदार्थ, अखाद्य रंग प्रयोग भएका मासुका परिकार, धेरै दिन अघि नै तयारी अवस्थामा राखिएको मःम लगायतका करिब १० हजार बराबरका वस्तुहरु बरामद गरि नष्ट गरिएको थियो ।












