विज्ञापन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आइतबारको सार्वजनिक बिदा पुनः लागू गर्‍यो

विज्ञापन
Image
विज्ञापन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आइतबारको सार्वजनिक बिदा पुनः लागू गर्ने निर्णय गरेको छ। मंगलबार बसेको नगर कार्यपालिका बैठकले यसअघि गरिएको निर्णय सच्याउँदै संघीय सरकारको व्यवस्था अनुसार आइतबार पनि बिदा दिने निर्णय गरेको हो।

यसअघि वैशाख ३० गते बसेको कार्यपालिका बैठकले कृष्णपुर नगरपालिका अन्तर्गतका विद्यालय आइतबार सञ्चालन गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बैठकले उक्त निर्णय फिर्ता लिँदै संघीय सरकारको नीति अनुरूप सातामा दुई दिन—शनिबार र आइतबार—बिदा कायम गर्ने निर्णय गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टका अनुसार वर्षे बिदालाई ३० दिनभित्र समायोजन गरिएको अवस्थालाई ध्यानमा राख्दै आइतबार बिदा दिने निर्णय गरिएको हो। यस निर्णयसँगै नगरभित्रका विद्यालय तथा सम्बन्धित निकायहरूले अब संघीय सरकारको बिदा तालिका अनुसार नै कार्य सञ्चालन गर्नेछन्।

उल्लेखनीय छ, संघीय सरकारले चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन