विज्ञापन

टिकटकबाट निर्वाचनमा सहभागिता: जित्नुस् ५० हजारसम्म नगद पुरस्कार

विज्ञापन
Image
विज्ञापन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। युवामाझ लोकप्रिय सामाजिक सञ्जालमार्फत निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले आयोगले एक मिनेटसम्मका सन्देशमूलक तथा संवादात्मक भिडियो बनाउन आह्वान गरेको हो।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले निर्वाचन आचारसंहिता, मतदान प्रक्रिया, मतदाताको अधिकार–कर्तव्य तथा सही उम्मेदवार छनोटजस्ता विषय समेटेर मौलिक भिडियो तयार गरी फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ। एक व्यक्ति वा समूहले सहभागिता जनाउन सक्नेछ।

सबैभन्दा बढी भ्युज प्राप्त गर्ने भिडियोले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट भिडियो स्वतन्त्र विज्ञ र आयोगबाट छनोट गरिनेछ। प्राप्त सामग्री आयोगले आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्ने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन