विज्ञापन

गोरखबहादुर बिष्ट ‘आनन्द’: जनताको माझबाट समृद्धि र विकासको यात्रामा

विज्ञापन
Image
विज्ञापन

गोरखबहादुर बिष्ट ‘आनन्द’ नेपाली कांग्रेसका चार दशकदेखि सक्रिय, अनुभवी र प्रभावशाली नेता हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै आएका बिष्टले कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्यका रूपमा काम गर्नुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतित्व पनि सम्हालेका छन्। डोटीमा जन्मिएका बिष्ट अध्ययनका क्रममा कैलाली पुगेका थिए र त्यसपछि भारत, काठमाडौं हुँदै अमेरिका पुगे। तर जहाँ पुगे पनि मातृभूमि नेपाल र सुदूरपश्चिमप्रतिको ममता कहिल्यै मरेन।

बिष्ट सामाजिक सेवामा पनि अग्रणी छन्। उनले भूकम्प, बा’ढी–पहिरो, कोरोना महामारीजस्ता विभिन्न विपत्तिमा सक्रिय योगदान पुर्‍याएका छन्। जन्मभूमि डोटीमा एम्बुलेन्स प्रदान गरेका, विभिन्न विद्यालय र छात्रवृत्तिका लागि सहयोग गरेको र आश्रमहरूमा समर्पित योगदान गरेको उनी उल्लेखनीय उदाहरण हुन्। विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न र स्वदेश फर्काउन उनले भूमिका खेलेका छन्। कोरोना महामारीको समयमा अमेरिकी विद्यार्थीहरूको व्यवस्थापन गर्दै उनले हजारौं जनाको जीवन सहज बनाउन सहयोग गरेका थिए।

बिष्ट भन्छन्, “म विलासिता भोग्न चाहने व्यक्ति होइनँ। म मेरो देश र मेरो क्षेत्रका जनतासँगै रहेर उनीहरूको जीवन सहज बनाउन, उनीहरूको आशा र समस्या बुझेर सेवा गर्न राजनीति रोजेको व्यक्ति हुँ।” यही कारणले उनी कैलाली–४ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन्। उनले जनताको घर आगनमा पुगेर प्रत्यक्ष संवाद गर्दै समस्याहरू बुझ्ने र समाधानतर्फ अघि बढ्ने लक्ष्य राखेका छन्।

उहाँको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भयो। कांग्रेसमा चार दशक लामो सक्रियतामा उनले पार्टीका विभिन्न इकाइमा जिम्मेवारी बहन गरेका छन्। यही अनुभव र लगनशीलताका कारण उनलाई कैलाली–४ बाट प्रतिनिधि सभा टिकट प्राप्त भएको बिष्टले बताए। उनले थपे, “म पार्टीमा नयाँ होइनँ। मैले पार्टीले सुम्पिएका जिम्मेवारीहरू निरन्तर निभाएको छु। टिकट पाएकोमा पार्टीको विश्वास र नेता कार्यकर्ताको सहयोगले मलाई उत्साहित बनाएको छ।”

बिष्टको निर्वाचन रणनीति जनमुखी छ। उनी खोक्रा घोषणापत्र वा सपनाका लड्डु बाँड्ने शैलीका नेता होइनन्। उनी भन्छन्, “मैले तयार गर्ने घोषणा पत्रमा जनताको तत्काल आवश्यकतालाई प्राथमिकता दिनेछु। शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार र महिला तथा दलित सशक्तीकरण मेरा मुख्य एजेण्डा हुन्। म जनताको घर आगनमा पुगेर उनीहरूको माग र आशालाई बोकेर प्रतिनिधित्व गर्नेछु।”

कैलाली–४ को निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका पर्दछन्। यहाँ थारु, दलित, सीमान्तकृत र पहाडी समुदायहरूको बसोबास छ। चुरे गाउँपालिका भौगोलिक रूपमा विकट छ, यातायात र आधारभूत पूर्वाधारको अभाव छ। बिष्ट भन्छन्, “यहाँका दाजुभाइ, दिदीबहिनीहरूले कठिन जीवन बाँचिरहेका छन्। उनीहरूलाई उच्च सम्मान र प्राथमिकताका साथ सेवा गर्नु नै हाम्रो दायित्व हो।”

उनी स्थानीय विकास र पूर्वाधारको पनि विशेष ध्यान राख्छन्। कैलाली–४ औद्योगिक र कृषि हब हुनसक्ने सम्भावना बोकेको छ। गोदावरी र गौरिगंगाका धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै पर्यटनबाट आम्दानी सृजना गर्न सकिन्छ। चुरे क्षेत्र, ऐतिहासिक गर्भा दरबार, बुढीतोला, खानीडाँडा, लामिताल, मछेली पार्क र ताल, हाटखोली जस्ता धरोहरहरूको संरक्षण र प्रवर्द्धनमा उनी सक्रिय छन्।

गेटा मेडिकल कलेजको अलपत्र संरचनाले क्षेत्रका नागरिकको उपचारमा समस्या सिर्जना गरेको भन्दै बिष्ट यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्छन्। सीमान्तकृत समुदाय, थारु, दलित र अन्य पिछडिएका वर्गको उत्थानमा उनको दृष्टिकोण स्पष्ट छ। उनले भ्रष्टाचार र अनियमितता घटाउन, बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न र विकास कार्यलाई गति दिन पहल गर्ने योजना बनाएका छन्।

बिष्ट पार्टीको नेतृत्व र युवा भावनालाई सँगै लिएर अघि बढ्छन्। उनले गगन थापाको नेतृत्वमा कांग्रेसमा युवालाई सशक्त स्थान प्रदान गरिएको कुरा उच्च मूल्यांकन गर्छन्। आदरणीय नेता शेरबहादुर देउवाको योगदानको पनि उनी सम्मान गर्छन् र यसको निरन्तरता सुनिश्चित गर्न प्रतिबद्ध छन्।

जनताको माझमा रहेर काम गर्ने बिष्टले निर्वाचनमा विजयी वा पराजित हुनेले सधैँ जनताको सेवामा रहिरहने अठोट व्यक्त गर्छन्। उनले भन्छन्, “म प्रत्येक घरमा पुगेर जनताको विश्वास जित्ने प्रयासमा छु। उनीहरूको आशा, समस्या र अपेक्षा बुझ्नको लागि म प्रत्यक्ष संवादमा केन्द्रित छु।”

गोरखबहादुर बिष्ट ‘आनन्द’ एक नेता मात्र होइनन्, जनताको संघर्ष, आशा र आकांक्षाको प्रतिनिधित्व गर्ने व्यक्तित्व पनि हुन्। चार दशकको अनुभव, सामाजिक सेवा, मातृभूमि प्रति माया र जनमुखी दृष्टिकोणले उनलाई कैलाली–४ का मतदाताको विश्वास जित्न सक्षम बनाउने विश्वास छ। उनी आफूलाई भूइँमान्छे ठान्छन्, जसको जीवनको ध्येय आफ्नो माटो र जनता सँगै अघि बढ्नु हो।

बिष्टको यात्रा र दृष्टिकोणले स्पष्ट गर्छ – राजनीति केवल व्यक्तिगत स्वार्थका लागि होइन, जनताको जीवन स्तर उकास्न, समुदायको उत्थान र राष्ट्रको समृद्धिका लागि हो। उनको प्रतिबद्धता, कार्यदक्षता र जनसेवामा केन्द्रित दृष्टिकोणले उनलाई आजको नेपाली राजनीति र कांग्रेसको चेहरा मात्र नभई, सुदूरपश्चिमको समृद्धि निर्माणको प्रतीक पनि बनाउँछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन