विज्ञापन

परशुराम नगरपालिकाले विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ ऋण दिँदै !

विज्ञापन
Image
विज्ञापन

डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनमा आर्थिक अभाव झेलिरहेका विद्यार्थीका लागि देशमै उदाहरण बन्ने प्रकारको उत्कृष्ट कार्यक्रम निरन्तरता दिएको छ । सबैभन्दा कान्छा मेयर भरत बडायर जोशीको नेतृत्वमा सञ्चालनमा आएको ‘बिनाब्याज शैक्षिक ऋण’ कार्यक्रमले स्थानीय विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएपछि अभिभावक र विद्यार्थी दुवै उत्साहित बनेका छन्।

एसईई वा सोभन्दा माथिल्लो तहका विद्यार्थीले प्राविधिक तथा व्यावसायिक शिक्षा—जस्तै एचए, नर्सिङ, इन्जिनियरिङ, ओभरसियर, एमबिबिएस, कृषि, पशु, सूचना प्रविधि, पाइलोटिङ लगायतका क्षेत्रमा अध्ययन गर्न यो ऋण लिन सक्नेछन्। नगरपालिकाले जारी गरेको ‘शैक्षिक ऋण निर्देशिका–२०८१’ अनुसार ऋण लिने विद्यार्थी नगरभित्र स्थायी बसोबास गर्ने र एसईईको प्रमाणपत्र धितो राख्ने व्यवस्था गरिएको छ।

आर्थिक कठिनाइका कारण परशुरामका धेरै मेधावी विद्यार्थी उच्च शिक्षा अध्ययनबाट वञ्चित हुँदै आएको तथ्य सार्वजनिक भएपछि मेयर जोशीले यो कार्यक्रमलाई प्राथमिकतामा राख्दै १५औं नगरसभाबाट ऐन समेत पारित गराएका हुन्। विपन्न, लोपन्मुख समुदायका विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याउनेहरूलाई प्राथमिकतामा राख्दै ऋण वितरण गरिने जनाइएको छ।

सम्पूर्ण कर्जा रकम विद्यार्थीको व्यक्तिगत खातामा नभई उनीहरूले अध्ययन गरिरहेको शैक्षिक संस्थाको खातामा सिधै जम्मा गरिनेछ। ऋण एक वर्षभित्र २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्ने व्यवस्था छ।

युवा मेयर जोशीले आर्थिक अभावले शिक्षा अबसर गुमाउनुपर्ने अवस्था अन्त्य गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। चालु आर्थिक वर्षभित्रै पहिलो चरणका विद्यार्थीले शैक्षिक ऋण पाउने तयारी नगरपालिकाले गरेको छ।

यस्तो छ सूचना !

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन