विज्ञापन

खप्तडमा मिडिया अभियान : स्वर्ग समान सौन्दर्यलाई विश्वमा चिनाउने प्रयास

विज्ञापन
Image
विज्ञापन

रमेश बहादुर सिंह, बझाङ : नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य खप्तडको प्रचार–प्रसारका लागि नेपाल र भारतका मिडिया टोली खप्तड पुगेका छन्। खप्तड विकास व्यवस्थापन समितिको निमन्त्रणामा भारतीय सोसल मिडिया भुक्कड यात्री का टोली सहित विभिन्न नेपाली मिडिया संस्थाका पत्रकारहरू खप्तड भ्रमणमा आएका हुन्।

समितिका कार्यकारी निर्देशक खेम जोशीका अनुसार यसअघि पनि खप्तडको प्रचार विभिन्न माध्यममार्फत गरिएको भए पनि यसपटक विशेषगरी लोकप्रिय सोसल मिडिया प्लेटफर्ममार्फत अझ प्रभावकारी प्रचार गर्ने उद्देश्य राखिएको हो।

भ्रमण टोलीमा सहभागी भारतकी पूर्व पत्रकार तथा भुक्कड यात्री की सञ्चालक फ्लकले पहिलो पटक खप्तड आएर आफु अत्यन्त खुसी भएको बताइन्। उनले भनिन्, “भारत र नेपालका धेरै ठाउँ घुमिसकेको भए पनि प्राकृतिक सौन्दर्यको हिसाबले खप्तड अद्वितीय छ।” उनले आफ्नो युट्युब, फेसबुक र इन्स्टाग्राममार्फत खप्तडको अडियो–भिडियो र तस्वीर प्रकाशित गरेर प्रचार गर्ने प्रतिबद्धता जनाइन्।

नेपाल टेलिभिजन, रेडियो नेपाल, चेतना खबर, रेडियो बझाङलगायतका मिडियाकर्मीले समेत खप्तड क्षेत्रको अडियो–भिडियो सामग्री तयार पारेर आफ्ना मिडियामार्फत सार्वजनिक गर्ने तयारी गरेका छन्। “खप्तड पुगौं, स्वर्ग भेटौं” भन्ने नारासहित सुरु गरिएको यस प्रचार अभियानमा सहभागी टोलीले तिर्वेणी, सहस्रलिङ्ग, खापरदह ताल, बाबाको मन्दिर, घोडा दाउँना पाटन, नाग्डुङ्गा, पुलपुला पाटनलगायतका स्थल भ्रमण गरेका छन्।

खप्तड व्यवस्थापन समितिका कार्यकारी निर्देशक जोशीका अनुसार यसपटकको नेपाली र भारतीय मिडिया टोलीको भ्रमणले खप्तडको प्रचार अझ व्यापक हुने र स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।

बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज करिब २२५ वर्ग किलोमिटरमा फैलिएको छ। समुन्द्री सतहबाट ३,३०० मिटर उचाइमा रहेको यो क्षेत्र धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण छ। समितिले पर्यटकका लागि बाटो सुधार, धर्मशाला, मन्दिर, गेस्ट हाउसलगायत पूर्वाधार निर्माणमा निरन्तर काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन