सुदूरपश्चिमलाई कर्मभूमि बनाई सक्रिय रहँदै आएका संगीतकार राजेन्द्र शाह ‘विपी’ लाई नेपाल सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ प्रदान गरेको छ।
बाजुरा जिल्लाको बडीगंगा नगरपालिका–४ घर भई हाल सुदूरपश्चिममा सांगीतिक साधनामा समर्पित शाह संगीत नाट्य विधामा उल्लेखनीय योगदान दिँदै आएका छन्। उनी गीत लेखनसँगै कविता सिर्जनामा पनि सक्रिय छन्।
त्यस्तै, प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाजुराकै बडीमालिका नगरपालिका–८ निवासी गायक प्रकाश थापा ले प्राप्त गरेका छन्। थापा पनि सुदूरपश्चिमको लोकसंगीत र आधुनिक गीतसंगीत क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
दुवै कलाकारको योगदानले सुदूरपश्चिमको सांगीतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको सांस्कृतिक क्षेत्रका विज्ञहरू बताउँछन्।
प्रतिक्रिया जनाउनुहाेस्













