विज्ञापन

नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलियामा ‘टप इन्ड टी–२० सिरिज’ खेल्ने

विज्ञापन
Image
विज्ञापन

आगामी आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलियामा आयोजना हुने ‘टप इन्ड टी–२० सिरिज’ मा सहभागी हुने भएको छ।

प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा साउन २९ गतेदेखि भदौ ८ गते (अगस्ट १४–२४) सम्म हुने तय गरिएको छ। नेपालले यो सिरिजलाई विश्वकप छनोटपूर्वको अभ्यासको रूपमा लिनेछ।

प्रतियोगितामा सहभागी अन्य टोलीहरू र खेल तालिका भने अझै सार्वजनिक गरिएको छैन।

टी–२० विश्वकपमा लगातार दोस्रोपटक स्थान बनाउन लक्ष्य लिएको नेपालले अस्ट्रेलिया भ्रमणपछि सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी गरिरहेको छ। सो सिरिजपश्चात नेपाल ओमानमा आयोजना हुने विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी हुनेछ।

छनोट प्रतियोगितामा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन