विज्ञापन

असारमा ब्याजदरमा सामान्य गिरावट हुदै, अधिकांश बैंकले पुरानै दर कायम

विज्ञापन
Image
विज्ञापन

वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदरमा सामान्य गिरावट आएको छ।

शनिबार प्रकाशित सूचनाका अनुसार जेठमा ५.९५२ प्रतिशत रहेको औसत अधिकतम ब्याजदर असारमा ०.०५ प्रतिशतले घटेर ५.९०२ प्रतिशतमा झरेको हो।

कुल २० वाणिज्य बैंकमध्ये १५ वटाले जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् भने एभरेष्ट बैंक, कुमारी बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्।

असार महिनाका लागि एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक ६.५५ प्रतिशत ब्याजदर तोकेका छन्।

त्यस्तै, कृषि विकास बैंक र नेपाल बैंकले सबैभन्दा कम ५.४५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन्।सामान्य घटबढसँगै हाल ब्याजदर स्थिरतातर्फ उन्मुख देखिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन