विज्ञापन

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाद्वारा इंग्ल्यान्डलाई ५ विकेटले ऐतिहासिक पराजय

विज्ञापन
Image
JPG converted with https://ezgif.com/webp-to-jpg
विज्ञापन

अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध शनिबारको च्याम्पियन्स ट्रफी खेलमा ऐतिहासिक जित निकालेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा ३५२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ४७.३ ओभरमा पाँच विकेट गुमाएर जित दर्ता गर्यो।

अस्ट्रेलियाका जोश इंग्लिसले ८६ बलमा नट आउट १२० रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले १५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए। एलेक्स क्यारीले ६९, म्याथ्यु सटले ६३ र मार्नस लाबुसेनले ४७ रन जोडे।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो। बेन डकेटले १४३ बलमा १७ चौका र ३ छक्कासहित १६५ रन बनाए। जोय रुटले ६८ रनको योगदान दिए।

अस्ट्रेलियाका बेन द्वारश्वीसले ३ विकेट लिए। एडम जम्पा र मार्नस लाबुसेनले २–२ तथा म्याक्सवेलले १ विकेट हात पारे।

समूह ‘बी’मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले २ अंक बनाउँदा इंग्ल्यान्ड र अफगानिस्तान अंकविहीन छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन