विज्ञापन

खगराज भट्टको गुनासो: “मुख्यमन्त्री बन्ने आशा थियो, विना विभागीयमै सकियो”

विज्ञापन
Image
विज्ञापन

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले आफू केवल सांसद बन्नका लागि चुनाव नलडेको बताएका छन्। डडेल्धुराको परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले मुख्यमन्त्री नभएर मात्र सांसद हुने थाहा भएको भए चुनाव नलड्ने धारणा राखे।

मुख्यमन्त्री बन्ने आश्वासन, तर…

भट्टका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशसभाको चुनाव जितेपछि मुख्यमन्त्री बनाउने प्रत्यक्ष आश्वासन दिएका थिए। तर, चुनाव जितेपछि गठबन्धन दुई महिनामै भत्कियो, जसले गर्दा काँग्रेस प्रतिपक्षमा गयो, माओवादी अन्यत्रै लाग्यो, र आफू एक्लिएको अवस्थामा रहे।

विना विभागीय मन्त्रीमै कार्यकाल सकियो

भट्टले भौतिक पूर्वाधार विकास मन्त्री भए पनि हुने बताएको भए पनि, अन्ततः उनी एक महिनासम्म विना विभागीय मन्त्रीमै सीमित रहनु परेको उल्लेख गरे। उनले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा चुनाव जितेर सबैभन्दा बढी बजेट भएको मन्त्रालयको मन्त्री बनेकोमा टिप्पणी गर्दै भने, “पठान जी कमसेकम ठूलो बजेट भएको मन्त्रालय सम्हाल्न त पाउनु भयो। दुर्भाग्यवश, म मुख्यमन्त्री हुने आशामा थिएँ, तर विना विभागीय मन्त्री भई कार्यकाल सकियो।”

शेरबहादुर देउवासँग तीन पटक पराजय

२०६४, २०७०, र २०७४ सालमा काँग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेर पराजित भएका भट्टले यस पटक देउवाको सल्लाहअनुसार मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशसभामा उम्मेदवारी दिएका थिए। तर, देउवा र दाहालबीच भएको सहमतिअनुसार पनि उनलाई मुख्यमन्त्री बन्ने अवसर दिइएन।

संसदीय दलको नेतृत्व पनि गुम्यो

मुख्यमन्त्री मात्र होइन, भट्ट माओवादी केन्द्रको संसदीय दलको नेता बन्न पनि असफल रहे। वर्तमानमा माओवादी केन्द्र, सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पूर्वमन्त्री मानबहादुर धामीले सम्हालिरहेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन