विज्ञापन

विश्वकप लिग-२ मा स्कटल्याण्डमाथि नेपालको शानदार जित

विज्ञापन
Image
विज्ञापन

आइसिसी विश्वकप लिग-२ मा अन्तत: नेपालले जित निकालेको छ। लगातार सात खेलमा जितविहीन यात्रा टुंग्याउने क्रममा नेपालले बुधबार विहान स्कटल्यान्डमाथि ५ विकेटको जित निकालेको हो।

अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले। त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे। अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए। ​

नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले । गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटलाई यी दुई ब्याटरले ५१ बलमा ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अलआउट भयो। उसका लागि मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे ।

ब्रेन्डन म्याकमुलेन १२ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको बलमा १६ रनमा एलबीडब्लू आउट भए । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन