दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौं, फागुन ३ । बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति १ : ३० बजे रोकिराखेको ना ६ ख ५२१६ नम्बरको ट्रकमा बा ७३ प १८८२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो ।

loading...

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा आएको मोटरसाइकल ठोक्किएको जानकारी दिए। माेटरसाइकल पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन् । घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • रासस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*