Type to search

समाचार

नेवार समुदायको गुँला पर्व सुरु

काठमाडौं, साउन १७ । बौद्धमार्गी नेवार समुदायको गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ ।

loading...

नेपाल संवत् तिथिअनुसार एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ ।

विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट मुक्ति पाउने विश्वासअनुसार एक महिनाभर पर्व मनाउने गरिन्छ ।

यो पर्व अवधिको एक महिना मासु, अन्डा, प्याजलगायतका खाद्यवस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।

यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याःजात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्मअनुसारको पूजाविधि गरिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *