Type to search

समाचार

सर्पदंशबाट झापामा दुईको मृत्यु

झापा, साउन १७ । सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही १४ साउनमा गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको स्थानीय घनश्याम रायले जानकारी दिए ।

loading...

थापालाई सर्पले डसेलगत्तै सर्पदंश उपचार केन्द्र चारआली पुर्‍याए पनि उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । पछिल्लो समय झापामा सर्पदंशका बिरामी बढेका छन् ।

गर्मी बढेसँगै झापामा सर्पदंशका बिरामी बढेका हुन् । झापामा बर्सेनि झन्डै ३ हजार ५ सय बढी सर्पदंशका बिरामीले जिल्लास्थित तीन सर्पदंश उपचार केन्द्रबाट सेवा लिएका छन् ।

केन्द्रका प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक सातदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा मात्र २ सयकाे हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएको उल्लेख छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *