Type to search

खेलकुद

नेपालले आजकै दिन एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएको दिनलाई सम्झेर सन्दिप ले लेखे यस्तो स्टाटस

गत वर्ष एकअदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) पाएपछि नेपाली क्रिकेट टोलीले अगस्ट १ अर्थात आजको दिन ओडिआईमा डेब्यु गरेको थियो ।

loading...

नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय शुरु गरेको नेपालले पहिलो खेलमा नेदरल्यान्डसँग ५५ रनको फराकिलो हार व्यहोरेको थियो ।

तर, दोस्रो खेलमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा नेपालले १ रनको रोमाञ्चक जित हात पारेको थियो । नेपालले खेलेको २ खेलको पहिलो एकदिवसीय शृङ्खलामा १–१ बराबरी गर्दै नेदल्यान्ड्सबाट स्वदेश फर्किएको थियो ।

त्यसयता नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एकदिवसीय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपालले २–१ ले जीतेको थियो ।

नेपाली टोलीका खेलाडी र प्रशंसकले आजको दिनलाई सम्झिएका छन् । आजको दिनलाई सम्झदै स्टार खेलाडी सन्दीप लामिछानेले सिंगापुरमा नेपाली टोलीले देखाएको प्रदर्शन क्षमताभन्दा कमजोर भएको स्वीकारेका छन् । उनले आगामी दिनमा अझै बलियो भएर नेपाली क्रिकेट माथि आउने विश्वास व्यक्त गरेका छन् ।

ग्लोबल टि–२० लिगका लागि क्यानडामा रहेका सन्दीपले बिहीबार ट्वीट गर्दै ओडिआईको पहिलो खेलको स्मरण गरेका हुन् । ‘हामी नतिजा हात पार्न असफल रह्यौं । हामी सबै खेलाडीले आफ्नो क्षमता अनुसार खेल्न नसकेकोमा जिम्मा लिन चाहान्छौं । त्यो नराम्रो सपना थियो,’ सन्दीपले ट्वीटरमा लेखेका छन्,‘हामी बलियो भएर फर्किने छौं । यो खुसीलाई फर्काउने गरि । आशा र विश्वास छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *