Type to search

भिडियो

आमा बाउले नै अर्को बिहे गरेपछि, काठमाडौंको सिभिल हस्पिटलमा यि दाजुभाई अलपत्र ! व्लड क्यान्सर भएका ११ बर्षे भाई बचाउन दाईको रुवाबासी(भिडियो हेर्नुस)

बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोग मागिरहेका छन् ।
काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्लड क्यान्सरसंग जुध्दै जिन्दगी र मृत्युकोअन्यौलतामा पल्टिरहेका देखिन्छन् । सानो भाईलाई जसरी भएपनि बचाउंछु भनेर सबैसंग १-१ पैसा मागेर भाईलाई हस्पिटलमा भर्ना गराएका दाई नविन भोक, निन्द्रा नभनी भाईको रेखदेखमा लागेका छन् ।कालिकोट सानी त्रिवेणी गाउंपालिका वडा नं १ का हेमराज गिरीलाई २ बर्ष अगाडि व्लड क्यान्सर रोगले समात्यो । सानैमा बुवा आमाले छोडेपछि टुहुरो बनेका यि दाजु भाई माथि आकाश खसे जस्तै भयो ।
सहयोगका लागि-
मेघा बैंक
खाता नं – 0050050209680
खातावालाको नाम – नबिन गिरी
शाखा -नयां बानेश्वर
नबिन गिरी -9805130922
शिशिर भण्डारी -9811006929

loading...

Leave a Comment

Your email address will not be published. Required fields are marked *