लोड हुदैछ

Type to search

जानकारी

यसकारण २ वर्षमै स्तन बढे, ४ वर्षमै महिनावारी : बाल्यकालमै जवान भएकी बालिकाको कथा

एजेन्सी। अस्ट्रेलियाकी एमिली डोवर नामकी यी बालिकाको उमेर मात्रै ५ वर्ष भयो । तर उनको शरीरका सबै अंगहरु जवान महिलाको जस्तै विकसित भइसकेका छन् । उनी दुई वर्षकी हुँदा नै उनका स्तनहरु बढ्न थालेका थिए । चार वर्षको उमेर हुँदा उनको महिनावारी पनि सुरु भयो ।

loading...

संसारमा कैयौं विचित्र रोगहरुबाट पीडित मानिसहरु भएजस्तै एमिली पनि अनौठो रोगबाट ग्रस्त छिन् । टैम डोवरकी छोरी एमिलीको बारेमा टैमले नै सामाजिक संजालमा शेयर गरेका हुन् । एमिलीको शरीरबाट वयस्कको जस्तै पसिनाको गन्ध आउँछ । टैमका अनुसार साधारण ालिकाजस्तै गरी एमिली कहिल्यै रहन पाइनन् । उनको शरीरको विकासक्रमका कारण उनी सधैं अरुभन्दा फरक रहन्छिन् ।

सबैभन्दा दुःखको कुरा एमिलीलाई थाहा छैन उनको शरीरमा यस्तो किन हुँदैछ ।अब भने एमिलीको शरीरमा ‘मेनोपज’ (महिनावारी चक्र बन्द हुने अवस्था)को लक्षण पनि देखिइसकेको छ । एमिली युवती भएर अब पौढ हुन थालिसकेको उनका शरीरका हर्मोनले संकेत गरिसकेका छन् । उनको शरीरमा प्रौढ महिलाको जस्तो लक्षण देखिन थालिसकेका छन् । एमिली जन्मिँदा सामान्य थिइन् तर त्यसपछि उनको शरीरको विकास निकै तीब्र रुपमा भयो । एमिली एडिसन नामको रोगबाट ग्रस्त भएको डाक्टरहरुले बताएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *