लोड हुदैछ

Type to search

खेलकुद

एसियाकप छनोट : ओमानले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

एसीसी एशिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । जसमा नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ ।

loading...

आजको खेलमा विनोद भण्डारी, अनिल शा, ललित भण्डारी र ललित राजवंशीलाई आराम दिइएको छ ।

अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो ।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जुन खेललार्इ आइसीसीले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *