लोड हुदैछ

Type to search

खेलकुद

एसिया कप छनोटमा प्लेयर टो वाचमा नेपालका २ खेलाडी

भोलि अर्थात भाद्र १३ गते देखी मलेसिया मा हुँदै गरेको एसिया कप छ्नोट क्रिकेट प्रतियोगितामा नेपाल , युएई , सिङ्गापुर , मलेसिया , ओमन र हङकङ सहित छ टोलिको सहभागीता रहेको छ ।

loading...

छ एसोसिएट रास्ट्र बिच हुने छनोट प्रतियोगिताको विजेता टोलिले अगामी सेप्टेम्बर १५ बाट हुने ५० ओभरको एसिया कपमा क्रिकेटका पावर हाउस मानिने भारत , श्रीलंका , पाकिस्तान , अफगानिस्तान , बङ्गलादेश सङ्ग खेल्न पाउने छ ।

छनोट प्रतियोगितामा सहभागी हुने छ टोलि मध्ये प्रतियोगिताको दावेदारको रूपमा नेपाल , युएई र हङकङलाई मानिएको छ ।

प्रत्येक टोलिमा सहभागी खेलाडी हरु मध्ये केही खेलाडी हरुलाई Player to Watch को रूपमा हेरिएको छ ।

Player to Watch :

१- सन्दिप लामिछाने (नेपाल ) : नेपाली टोलिका १८ वर्षीय लेग स्पिनर बलर सन्दिप लामिछानेले हाल बटुलेको ख्यातिका कारण प्लेयर टु वाच को सुचिमा रहेका छ्न ।सन्दिपले ईन्डियन प्रिमियर लिगमा दिल्ली डेयर डेभिल्स , ग्लोबल टि-२० लिग , क्यारेबियन प्रिमियर लिग र विश्व ११ को टोलिबाट खेलिसकेका छ्न ।

२- पारस खड्का (नेपाल ): नेपाली टोलिका कप्तान समेत रहेका पारस खड्काले हाल अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शन अविस्मरणीय रहेको छ जसको कारण एसिया कप छनोटमा प्लेयर्स टु वाच मध्ये एक रहेका छ्न ।

३- रोहन मुस्तफा ( युएई ) : एसिया कप छनोटमा युएई का कप्तान रोहन मुस्तफा पनि प्लेयर्स टु वाच मध्ये एक क्रिकेटर हुन । कठिन परिस्थितिमा पनि उत्कृष्ट खेल देखाउने क्षमता भएका मुस्तफा क्रिकेटमा ठुल ठुला पारी र सट खेल्न माहिर रहेका छ्न ।

४- बिलल खान (ओमन ) : बायाँ हाते बिलल खानले डिभिजन टु मा गरेको उत्कृष्ट प्रदर्शनले एसिया कप छ्नोटमा पनि प्लेयर्स टु वाचको रूपमा राखेको छ ।

५- बाबर ह्यात ( हङकङ ) : हङकङ क्रिकेट टिमका कप्तान समेत रहेका बाबर ह्यात एसोसिएट रास्ट्रहरुका खेलाडी मध्ये विस्पोटक ब्याट्सम्यानको रूपमा रहेका छ्न भने मलेसियामा जारी एसिया कप छ्नोट खेलमा प्लेयर्स टु वाचको सुचिमा रहेका छ्न ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *