लोड हुदैछ

Type to search

मनोरन्जन

पहिलो पटक महिनावारी हुँदा प्लेनमा थिए : पृयंका कार्की

प्रियंकाको बुझाइमा महिनावारी :

loading...

महिला तथा किशोरीमा हुने महिनावारी भनेको सामान्य प्रक्रिया हो । यो किशोरी किशोराअवस्थामा प्रवेश गरे ,पछि महिनावारी सुरु हुन्छ । त्यसपछि प्रत्येक महिना हुँदै जान्छ । तर हाम्रो समुदायमा के छ भने महिनावारी हुँदा भान्छामा जान नहुने , खाना खाने भाडा, ओछ्यान पनि छुटटै हुने हुन्छ र यो गलत हो । यदि तपाईँको छोरीको महिनावारी हुने समय भएको छ भने ध्यान दिनु जरुरी छ । महिनावारीको वेलामा किशोरीहरु आत्तिने,डराउने हुन्छन् यो केहि समय पहिलानै महिनावारीको बारेमा जानकारी गराउँदा यस्ता समस्याहरु खासै हुन्न्न । अहिलेको किशोरीहरु ११—१२ वर्षको उमेरमा महिनावारी हुन्छन् तर म १५ वर्ष हुदा पहिलो पटक महिनावारी भएको हो । तर पनि मेरो ममीले मलाई एकदमै सरल र सहज तरिकाबाट ११ वर्ष देखि नै महिनावारीको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले मलाई जसरी पनि तिमी महिनावारी भएपछि भन्नु नलुकाउनु भन्नुहुन्थ्यो ।

तर अहिले त धेरै कुराको सुविधा भएको छ । इन्टरनेट,टेलिभिजन,मोवाईल धेरै कुराहरु छन् । यो विषयमा त्यहाँबाट पनि जान्न सक्नुहुन्छ तपाईँले । तर यो बिषयमा जति अविभावकले जानकारी गराउनु पर्ने हो त्यती धेरै हामीले त्यो कुराबाट पाउन सक्दैनौ । किन की त्यहाँ सबैको लागि एकै पटक जानकारी दिएको हुन्छ । मलाई महिनावारीको बारेमा मेरो ममीले राम्रोसँग जानकारी गराए पनि म पहिलो पटक महिनावारीको समयमा प्लेनमा थिएँ । मलाई महिनावारी हुदा कस्तो फिल हुन्छ भन्ने कुराको जानकारी भएका कारण मलाई प्लेनमा हँुदा पनि त्यस्तो महशुस भएको थियो । ममीले दिनुभएको आईडिया मैले त्यो बेलामा अपनाएको थिएँ ।

छोरा–छोरी प्रति अभिभावको सकारात्मक सोच बड्दो मात्रामा

तपाईँ जब किशोरावस्था अर्थात १४—१५ वर्षमा प्रवेश गर्नुहुन्छ भने तपाईलाई म कुल छु भन्नेकुरा देखाउन मन लागेको हुन्छ । त्यो समयमा साथीहरुसँग बस्दा घरबाट फोन आउँदा असजिलो लाग्ने र फोन उठाउन नपरे हुन्थ्यो जस्तो मलाई पनि भएको थियो । त्यो समयमा बाबा,आमाको कुरा साथीभाईहरुले गर्दा के भन्छन् होला भन्ने सोच हुन्छ । अहिलेको अविभावकहरु धेरै परिवर्तन हुनुभएको छ । बुझ्ने हुनुहुन्छ ,आफ्नो बालबालिकाको लागि जीऊ —ज्यान दिएर लाग्नु हुन्छ । पहिला त्यस्ता अवसरहरु एकदमै कम थिए । अहिलेको जस्तो मेहनत गरेर पढाउने,आफ्नो छोरा—छोरीलाई राम्रो विद्यालयमा पढाउने सक्ने क्षमता पनि हुन्न थियो । त्यो बेलाका बालबालिकाहरुलाई टक्नोलोजिको खासै जानकारी थिएन । अहिले धेरै अवसरहरु छन् । अभिभावकहरुले १ देखि २ सम्म छोराछोरी जन्माउने र उनिहरुको भविष्य राम्रो बनाउनको लागि कुनै पनि कसरत बाँकी राख्नु भएको हुन्न ।

यो अवस्थामा आफ्नो अभिभावकलाई अंग्रेजी बोल्न नआएर अनि उहाँहरुले लगाउनु भएको कपडा नराम्रो नभएका कारण विद्यालय अथवा सार्वजनिक कार्यक्रममा देख्दा गिल्टी फिल पनि हुने हुन्छ । तर हाम्रो परिवारले यसरी दुख गरेकै कारण हामी यो ठाउमा छौँ । त्यो हामीले सोच्नु पर्ने कुरा हो । आफ्नो बाबा,आमालाई कहिले पनि त्यो रुपमा नसोच्नु होला तपाईको उमेर जति बढ्दै गैरहेको हुन्छ अविभावकको उमेर पनि बढ्दै गैरहेको हुन्छ । तर आफ्नो परिवारसँग हरेक कुरा जानकारी गराउदा राम्रो हुन्छ । त्यसैले म मेरो अविभावकसंग सबै कुराको बारेमा जानकारी गराउछु । उहाँहरुले पनि मलाई खुलेरै सहयोग गर्नुहुन्छ । तपाईँको आमा बुवाले नया टेक्नोजोजिको बारेमा जान्नुहुन्न भने तपाईले जानकारी गराउँदा हुन्छ । मैले मेरो बाबाको मोवाईलमा स्न्याप च्याट, इन्स्टाग्राम मैले चलाउन सिकाएको हो । मेरो ममीको फेसबुक मैले खोलीदिएको हो ,उहाको पनि ईन्स्टाग्राम खोल्ने तयारीमा छु । तपाईँलाई नया कुराको बारेमा जानकारी छ भने आमा बुवालाई सिकाउनुस बेकारमा चलाउन आउदैन किन भन्नु हुन्छ । तपाईको बारेमा अविभावकले राम्रो ख्याल गर्दानै तपाईको लाइफ राम्रो बन्ने हो ।

बहकिन हुन्न

जुन छोरा,छोरी आफ्नो बाबा,आमासँग नजिक हुन्नन् माया गर्देनन् त्यस्ता व्यक्ति दुव्र्यसनमा फसेको देखिन्छ । किन की तपाईको लाइफमा सही र गलत कुराको बारेमा जानकारी नहुदा र दिने मान्छे नहुँदा समस्या भने पक्कै हुन्छ । अहिले तपाईलाई पनि मैले भनेको कुरा बेकार लाग्न सक्छ । तर किशोरावस्थामा हुनुहुन्छ अवको ५ वर्ष पछि तपाई आफैलाई थाहा हुन्छ के गर्नुहुन्न ,के गर्नुहुन्छ भनेर । अहिलेसम्म पनि मेरो स्कुलदेखिको साथीहरु हुनुहुन्छ । उहाँलाई मेरो हरेक कुराको बारेमा जानकारी छ । तर मान्छे कहिले पनि बहकिनु हुन्न । कसैको राम्रो गर्लफ्रेण्ड होला , धेरै धनी होला अनि त्यो व्यक्तिले आफ्नो साथीहरुलाई खासै वास्ता गर्दैनन् । यस्तो मैले देखेको पनि छु । त्यही कारणले तपाईलाई धेरै मन पर्ने सम्बन्धहरु प्नि विस्तारै विग्रीएर जान्छ । तपाईको विचमा समस्याहरु आउन थाल्छन् । यो सबैमा हुने कुरा हा,े तपाई बाल्यअवस्था देखि युवा अवस्थामा प्रवेश गर्दा आफुलाई मनपर्ने साथीसंग मात्रै संगत गर्न चाहानुहुन्छ । तपाईले स्क्ुल देखि पढ्नु भएको साथीले पछि सम्म पनि माया गर्छ भने त्यो एउटा इमान्दार साथीले मात्र गर्छ त्यस्तो काम ।

यौन सम्पर्क गर्नु पहिला , यौन सम्पर्कको बारेमा बुझ्नुस

अहिलेको किशोर किशोरीमा के भैरहेको छ भने ब्वाई फ्रेण्ड ,गर्ल फ्रेण्ड भयो भने पपुलर हुने कति न राम्रो काम गरेको जस्तो ठान्ने त्यो खालको नकारात्म सोचहरु फैलिएको छ । परिवारनै कुनै पार्टी,भोज कार्यक्रममा जादा आफ्नो परिवारसंग बसेर नखाने ,एक्लै बस्ने मोवाईलमा गेम खेलेर बस्ने धेरै भईरहेको छ । जब तपाईको उमेर बढ्दै जान्छ अनि तपाईलाई लाग्छ मैले त्यो बेलामा किन समय खेर फालेको होला भन्ने । समयसँगै साथीहरु भन्दा म कसरी राम्रो बन्न सक्छु भन्ने कुरामा बल्ल तपाई लाग्नु हुन्छ । किशोरावस्थामा तपाईलाई यौन सम्पर्क गर्न मन लाग्छ तर यो उमेरमा यौन सम्पर्क गर्ने भनेर उमेर तोकेको त छैन । तपाईले यौन सम्पर्कलाई पनि सकारात्मक रुपमा सोच्न सक्ने क्षमता तपाईमा हुनुप¥यो । अब म संगको साथीले यौन सम्पर्क गरीसक्यो मैले पनि गर्नुपर्छ भन्ने देखाशिकीको कुरा कहिले पनि नगर्नु ।

यौन सम्पर्कको राख्नको लागि मन छ भने यौन सम्पर्क भनेको के हो र केका लागि गर्ने भन्ने कुराको बारेमा तपाईलाई राम्रोसंग जानकारी हुनुप¥यो । सुरक्षित यौन सम्पर्कको लागि धेरै साधनहरु प्रयोग गर्न सक्नुहुन्छ । यौन सम्पर्क गर्दा सामान्य कुरामा पनि जानकारी भएन भने तपाई मात्र होईन तपाईको यौन साथीलाई पनि समस्या पर्न सक्छ । म पनि किशोरावस्थाबाटनै आएको हुँ । तपाईको सुन्दर भविष्यको लागि हाम्रो किशोरावस्थाको बारेमा जानकारी गराईरहेका छौ । साथीको कारणले यस्तो काम गर्दै हुनुहुन्छ भने यो एकदमै गलत हो । मेरो यस्तो कुरा कसरी भन्ने भनेर सक्नु भएन भने ,असहज नमान्नु होला । महिला,पुरुष सबैमा हुन्छ यो प्राकृतिक नियम हो । तपाई जति आफ्नो कुरा राख्नु हुन्छ धेरै कुराको बारेमा जानकारी हुँदै पनि जान्छ । सधै खुम्चीएर समस्यामा बस्नुपर्छ भन्ने छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *