लोड हुदैछ

Type to search

समाचार

सक्नुहुन्छ सहयोग गर्नुहोस, सकिदैन भने एक सेयर गरिदिनुहोस, तपाईको एक सेयरले यी नानीको पढाईमा ठुलो राहात मिल्नेछ ।

म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अवस्था नभएको उल्लेख गर्दै विद्यालयमा निवेदन दिएकी छिन् ।अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न नसकिएको र परिवारको आर्थिक अवस्थाले नभ्याएको भन्दै आफुलाई विद्यालयबाट निस्कासन गरिदिन अनुरोध गरेकी हुन् ।भदौं ५ बाट विद्यालयमा त्रैमासिक परिक्षा सुरु हुने भएकाले सम्पूर्ण विद्यार्थीको नियमित उपस्थितको लागि र परीक्षामा सामिल हुन विद्यालयले सुचित गरेको थियो ।पुजाले घरमा खान खर्चसमेत नभएकोले विद्यालय जान कापी कलम नहुँदा विद्यालय जान छाड्नु परेको निवेदनमा उल्लेख गरेकी छिन ।उनी गाउँको विद्यामन्दिर आधारभुत विद्यालयकाे कक्षा ५ सम्म अध्ययन गरी अगाडीको अध्ययनको लागि जामुनाखर्क माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् ।

loading...

उनको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाे र अध्ययनको लागि उचित वातावरण नभएको जानकारीसहितको निवेदन वडाका अध्यक्ष कृष्ण बहादुर बानियाँलाई पठाएर आवश्यक सहयोग गर्न अनुरोध गरिएको विद्यालयको प्रधानअध्यापक सोमनाथ ढुंगानाले बताए ।घरमा आमा नबस्ने र बुबाले पनि सहयोग नगर्ने भएपछि उनी विद्यालय जान छाडेकी थिइन् । उनको घरमा एक असक्त हजुरवुवा र दुई भाइ बहिनी छन् । उनीहरूकाे दैनिकी हजुरबुवाकाे भरमा चलिरहेकाे छ । वडा अध्यक्ष बानियाँले वडाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्न बालबालिकाहरुलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको बताउँदै खत्रीको समस्याकाे समाधानका लागि पहल भइरहेको बताएका छन् ।

प्रधानाध्यापक ढुंगाना, स्कुलका शिक्षक, वडाध्यक्ष बानियाँसमेतको पहलमा उनले अहिले त्रैमासिक परीक्षा दिन थालेकी छिन् पूजाले । ५ गतेदेखि शुरू भएको परीक्षा दिन नियमित आइरहेकी छिन् । तथापि घरको आर्थिक अवस्था नसुध्रने हो भने उनको चुल्हो जतिबेलै निभ्न सक्छ । र, भोकै स्कुल आउन सक्दिनन् ।

“त्यसैले सबैसँग हातेमालो गरेर उनको उच्च शिक्षासम्मको ढोका खोलिदिन पाए आफैँ गरेर खान्थिन्,” सहयोगको अनुरोध गर्छन् प्रअ ढुंगाना ।

(विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना ९८५७६२२२१५ मार्फत् बालिकालाई सीधा सहयोग गर्न सकिनेछ ।)

Leave a Comment

Your email address will not be published. Required fields are marked *