बबाल कमेडी गित हेर्न छुटाउनु भयोकी ?
काठमाडौँ । नेपाली महिलाहरुको महान पर्व तीज आउँनुभन्दा तीन महिना अगाडि बाटै तीज गीत बजारमा आउन थालेका हुन्। अहिले बजारमा दिनकै करिब दर्जनबढि गीतहरु आईरहेको छन्। यहि तीज गीतको भीडमा अर्को एउटा गीत ‘रोगी बुढी’ पनि बजारमा आएको छ।
हाँस्य कलाकार यादव देवकोटाको अभिनय रहेको उक्त गीतमा तेजस रेग्मी र सीता केसीको आवाज रहेको छ भने शब्द मुकुन्द पौडेल र संगीत तेजस रेग्मीको रहेको छ।
उक्त गीतको भिडियोमा भने सरापेसँगै गायिका सीता केसीको अभिनय देख्न सकिन्छ । यो म्युजिक गीतको भिडियोलाई सरोज रोसन भट्टराईले निर्देशन गरेका हुन्।