Type to search

समाचार

नेपालले भारतको यो कुरा नमानेपछि फेरी नाकाबन्दी लगाउने चेतावनी

नेपाल–भारत प्रवुद्ध समूहको प्रतिवेदनमा समेटिएको विषयबस्तुलाई लिएर नाकाबन्दी लगाउन सकिने भन्दै उनले चेतावनी दिएका छन् ।
सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद् प्रदीप यादवले नेपाललाई फेरि नाकाबन्दी लगाउन सक्ने चेतावनी दिएका हुन् । प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको र जसले नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने भन्दै सांसद् यादवले उक्त प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।

loading...

नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रम अन्तर्गत वीरगञ्जमा सोमबार आयोजित निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै सांसद यादवले प्रवुद्ध समूहको उक्त प्रतिवेदन सदियौंदेखिको रोटी बेटीको सम्बन्ध विगार्ने उद्दत रहेको आरोप लगाए ।

सो समूहले नेपाल भारतको सीमा क्षेत्रमा तारबार लगाउने र पासपोर्ट बनाएर आवतजावत गर्न दिनुपर्ने भन्ने प्रस्ताव गरेको भन्दै उनले नेपाल भारतबीच सीतारामको समयदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको र अयोध्याबाट अहिले पनि जन्ती आउने गरेको प्रचलन र संस्कृतिलाई बन्द गर्न खोजिएको जिकीर गरे । यस विषयलाई संसदमा आवाज उठाउने मात्रै नभएर आवश्यक परेको खण्डमा नाकाबन्दी समेत गर्न सक्ने उनको चेतावनी छ ।

२०७२ सालमा संविधान जारी भएपछि फोरम नेपालसहितका मधेशवादी दलहरुले गरेको आम हड्ताललाई कारण देखाउँदै भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको थियो । भारतीय नाकाबन्दीविरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कडा विरोध जनाएका थिए । अहिले फेरि ओली नै प्रधानमन्त्री छन् । उनकै सरकारमा सहभागी दलका सांसद् यादवले नाकाबन्दी लगाउने चेतावनी दिएका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *