Type to search

समाचार

सर, मलाई विद्यालयबाट रेस्टिकेट गरिदिनु , भन्दै प्रधानाध्यापकलाई विद्यार्थीको चिठ्ठी

दैनिकजसो बुबाले जाँडरक्सीले मातेर घरमा आएर आमालाई कुटपिट गर्ने, ज्यालामजदुरी गरेकै ठाउँमा पुगेर झगडा, हातपात गर्न थालेपछि आमाले दोस्रो विवाह गरेपछि हजुरबुबाले मागेर ज्यान पाल्ने गरेकी पुजा खत्री नियमित विद्यालयमा जादैनन् । रक्सीको खोजीमा भौतारिने बुबा,आमाको न्यानो मायाँको अभावमा बेनी नगरपालिका ६ फोओठेकी खत्रीको दैनिकी निकै कष्टकर वितिरहेको छ ।

loading...

बृद्ध हजुरबुबा मान बहादुरले गाउँघर, सहर बजारमा नमागे विहान बेलुकी चुल्हो बोल्दैन् ।पुजासंगै तीन बहिनी र एक भाईले धेरै दिन भोकै दिन विताइरहेका हुन्छन् ।दुईछाक पेटभरी खान नपाउने, विद्यालय जाने कपीकलम, पोशाकको अभावले छटपटिएकी कक्षा ६ मा अध्ययरत पुजाले आफुँ विद्यालयमा आउन सम्भव नभएको भन्दै जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानालाई चिठी पठाईन् ।

घरायसी समस्याले विद्यालयमा आउन नपाएको जानकारी सहित पुजाले अनुपस्थितीलाई आधार बनाएर विद्यालयबाटै हटाइदिन अनुरोध गरेकी हु्न् ।‘नियमित विद्यालयमा आउन ताकेता परेपछि आफ्ना साथीहरुलाई पत्र पठाइन्,‘कपीकलम समेत किन्ने पैसा नभएपछि बाध्य भएर चिठी पठाएकी बताईन‘प्रधानध्यापक सोमनाथ ढुंगानाले भने ।

प्रथम त्रैमासिक परिक्षामा समेत अनुस्थित हुने अवस्था आएपछि गाउँकै विद्यार्थीलाई परिक्षा दिन विद्यालयमा जान विद्यालयले दैनिकजसो घरमा पठाउने गरेपनि खत्रीसंग पोशाक, स्टेशनरी, पुस्तक नभएपछि पत्र मार्फत जवाफ पठाएको विद्यालयले जनाएको छ ।‘यस्तो पत्र पहिलोपटक पाए,‘पुजाको घरमा चारजना भएकाले पनि दैनिक खर्च जुटाउन हम्मेहम्मे छ’ प्रधानध्यापक ढुंगानाले भने ।

उनका अनुसार विद्यालयबाट सहयोगको प्रतिबद्धता जनाएपनि घरमै वातावरण नभएकाले समस्या भएको बताए । विद्यालयमा पठाएको पुस्तकले शिक्षक समेत भावुक भएका थिए । यता विद्यालयले सहयोगका लागि वडा अध्यक्ष कृष्ण बहादुर बानियाँलाई पत्र हस्तान्तरण गरेको थियो । ‘परिवारको अवस्था दयनीय छ,‘मैले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएको छु’ बानियाँले भने ।

उनका अनुसार वडाभित्र रहेका सामुदायिक विद्यालयमा कुनैपनि अतिरिक्त शुल्क नलाग्ने भएकले पनि पढाईमा कुनै समस्या नभएको बताए । उनले रक्सी सेवन गरेर बुबाले कुटपिट गर्ने गरेको जानकारी पाएलगत्तै कारवाहीको चेतावनी समेत दिइएको बताए । उनले विपन्न परिवारका सदस्यलाई आवश्यकता अनुसार सहयोगका लागि वडा कार्यालयले समेत निशुल्क सेवा दिने गरेको बताए । उनले आमाबबुबा बीचको झगडा र मनमुटावले बालबालिकाको विचल्ली भएको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *