Nirwachan 1

मेरी बास्सैका चर्चित पात्र काजी बा बिरामीको थलाबाट निको भएर सिरियल खेल्नमा फर्किए (भिडियो सहित)

godawari Dengo

काठमाडौं : बिरामी भएका कारण दुई महिनासम्म मेरि बास्सैमा अभिनय गर्न नसकेका कलाकार रामचन्द्र अधिकारी (बाजी बा…) अभिनयमा फर्किएका छन् । उनी ७८४ औं भागबाट फेरी मेरि बास्सैमा फर्किएका हुन् ।

सिरियलका अन्य कलाकारले छायांकनमा पुग्दा फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरेका थिए । उक्त दृश्य इपिसोडमा पनि देखिन्छ ।

Nirwachan 1

सिरियलका निर्देशक दिवाकर भण्डारी (सापटि काका)का अनुसार अब नियमित रुपमा कलाकार रामचन्द्रलाई मेरिबास्सैमा देख्न सकिनेछ । उनले उहाँ पुर्णरुपमा स्वस्थ भएर छायांकनमा आउनुभएको बताएका छन् ।

साथै निर्देशक भण्डारीले रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको भूमिकामा भित्रिनुभएका कलाकार मुकुन्द श्रेष्ठको पनि नियमित रुपमा अभिनय रहने जानकारी गराए । तर मातृशोकको कारण मुकुन्द श्रेष्ठ पनि केही एपिसोडमा देखिनेछैनन् ।

Loading...