Nirwachan 1

बीर बहादुर बलायर जसले ईतिहास रचे जनताको मन जिते

godawari Dengo

–केशव कुमार मलाशी
प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेशमा उत्सुकतापुर्ण चासो र रोचकतापुर्ण प्रतिस्पर्धाका साथ हेरिएको कैलाली – ४ प्रतिनिधि सभातर्फ अन्नतः ईतिहास रच्दै बीर बहादुर बलायर विजयी भएका छन। बलायरले आफना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । क्षेत्र नम्बर ४ मा खसेको कूल मत ६४ हजार १५८ मध्ये बलायरले २६ हजार १७१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५८७ मत पाएका थिए । बलायर पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति हुन भने भट्ट नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईन्चार्ज हुन ।

Nirwachan 1

यर्सथ पनि प्रदेशका ‘हेभिवेट’ मानिने र पटक–पटक मन्त्रीसमेत भएका दुवै नेताबीचको कडा प्रतिस्पर्धाका बाबजुत बलायरले ऐतिहासिक रुपमा जित दर्ता गरेका छन। सुदुरपश्चिमको प्रदेशको राजनितीक भविष्य राष्ट्रिय राजनितीमा पराकम्पीत हुने गरी भएको यो जितले समग्र प्रदेशको सामाजिक अवस्थासँगै आर्थिक विकाससँग पनि जोडिने जानकारहरु बताउछन । बलायरको आफ्नै ऐतिहासिक पृष्ठभुमी तथा राजनीतिक विरासत रहेको छ । पुख्यौली घर डोटी हुदै वि।सं। २०२२ साल भदौ ४ गते डोटी लाटामाण्डौं–६ मा मध्यमवर्गीय परिवारमा जन्मिएका बलायरका बाबु बाम बहादुर बलायर र आमा डम्मरीदेवी वलायर हो भने श्रीमतीको नाम शर्मिला वलायर रहेको छ र सन्तानका रुपमा एक छोरी सम्रद्धि बलायर हो। शैक्षिक रुपमा बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन र कैलाली ४ कै क्षेत्रमा तत्कालिन अवस्थामा अध्यापन पेशा अँगालेका थिए ।

राजनीतिक यात्राको चर्चा गर्दा ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर वि।सं। २०३३ सालदेखि विधार्थी राजनीतिमा प्रवेश गर्दे २०३६ सालको विधार्थी आन्दोलनका अग्रमोर्चाका कमान्डर थिए । वि.स २०४६ सालमा भएको जनआन्दोलनका निकै चर्चित विद्यार्थी नेता बलायरका विगतमा डोटीबाट निर्वाचित सविधान सभा सदस्य, तत्कालिन अवस्थामा छोटो अवधीका रुपमा भौतिक पुर्वाधार तथा यातायत व्यवस्था मन्त्री हुदै हाल नेपाली काग्रेस सुदुरपश्चिम प्रदेश सभापतिका रुपमा बलायरको राजनितिक पृष्ठभुमी रहेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनका क्रममा पार्टी निर्देशन शिरोपर गर्दे प्रदेश सभापतिका हैसियतले प्रदेश राजधानीबाटै निर्वाचन जित्ने लक्ष्य लिएका बलायरलाई अन्नतः यस क्षेत्रका जनता जनार्दनले अनुमोदन गरेका छन । नेपाली काग्रेस पार्र्टीका प्रभावशाली नेता, पुर्व मन्त्री मात्र नभई सत्य निष्ठापुर्ण सिद्धान्त, यँहाका जनताप्रतिको लगाव, विकास प्रतिको दुरदर्शितापुर्ण भिजन र आफनै आँट, अठोट र साहसका कारण यस क्षेत्रका जनताको मनमष्तिकमा छोटो समयमै बस्न सफल भएको प्रमाणित गरेका छन। विपक्षी उम्मेदावर प्रति सहिष्णुता र सदभाव देखाउदै जनजीविकाका आधारभुत पक्षहरु र सो अनुसारका नितीगत विकासका एजेन्डाहरु प्रस्तुत गर्दे मतदाता रिझाएर अनुमोदित भएका हुन ।
सुन्दर सुदुरपश्चिमको चौतर्फी विकासका लागि बलायरको विगतका महत्वपुर्ण भुमिका र उदाहरणीय कार्यहरुको जनताले सरल र सहज रुपमा बुझेको कारण सोही अनुसार मत प्रकट भएको पाईन्छ। आफना चुनावी अभियानका क्रममा विकासका एजेन्डा उठान गर्ने मात्रै नभएर बलायरले विकासको परिकल्पनालाई साकार पार्न हरतरहले लागि पर्नेसँगै प्रदेश राजधानी, गेटा मेडिकल कलेज, भौगौलिक अवस्था अनुसार दिगो विकास निर्माणको मुद्दालाई प्राथमिकतासाथ उठान गरेर पुरा गर्ने वाचा व्यक्त गरेका छन ।
सुरुवाती चरणमा टुरिष्ट उम्मेदवारको आरोप लागेतापनि बलायरको राजनितिक सक्रियता, सरल र सहज व्याक्तित्व, स्पष्ट वक्ताका कारण जनतामाझ घुलमिल हुदै सो भम्र चिर्न सफल भएका थिए । ‘ मान्छेको दुःख र सुखमा सहयात्रा गर्न सकिएन भने त्यसलाई राजनीति भनिदैन, त्यसैले समाजमा हुने बेदना र सम्बेदना, सुख दुखमा सधै सहभागिता जनाउने र त्यो नै आफना लागि अमुल्य मानविय धर्म रहने बताउने बलायर प्रदेश सभापतिका रुपमा पालिका, प्रदेश सरकार र संघ सरकार संग समन्वय गरेर यस क्षेत्रको समस्या समाधानका लागि डटने प्रवृतिका कारण जितको आधारशिला तयार भएको पाईन्छ ।

व्याक्तिगत हित र चाहना भन्दा माथि उठेर अरुको हित र स्वतन्त्रताका लागि लड्ने वीर बहादुर बलायरलाई भविष्यका लागि विकासको विम्बका रूपमा रहेको देख्न सकेको बुद्धिजीवीहरुको भनाई रहेको थियो । विगत देखि नै निडर,साहासी,कर्मठ, जुझारु एबम आफ्नो छुट्टै राजनितिक छवि बनाउन सफल नेतालाई चिनिएका बलायर कैलाली क्षेत्र नम्बर ४ बाट उल्लेख्य जनमतका साथ चुनाव जितेपछि अब सँसदमा यस क्षेत्रको विकास, शिक्षा, सडक र स्वास्थ्य तथा अन्य पुर्वाधार सँगै श्रमजीवी जनताका पक्षमा आवाज बुलन्द हुने भएको छ।
यस क्षेत्रका दिग्गज बौद्धिक व्याक्तित्व, श्रमजीवी वर्ग, विविध क्षेत्रका प्रतिनिधी, सामाजिक सञ्जाल र जनमत प्राविधिक रुपमा मसिनो गरी विश्लेषण गर्दा अधिकाँश जनता बलायर प्रति सकारात्मक र उत्साहित भएको पाईएको थियो । सुदुरपश्चिमको कुनाकाप्चामा जन्मिएर केन्द्रीय राजनितीम प्रभाव जमाउने एक गौरबशाली साहासी बिध्यार्थीकाल देखि निस्वार्थ राजनितिक संघर्स गरेको एक उदाहरणिय नेता वीर बलायरले जिते इतिहास इतिहासै नै हुने जानकारहरुले बताएका थिए । बलायर इतिहासले र राजनीतिक पदले मात्र शक्तिशाली नभएर वर्तमानको निष्ठा, आदर्श, नैतिकता र इमानदारीता सँगै दिगो विकासबारेको बुझाई, कार्यान्वयन क्षमताले पनि शक्तिशाली देखिएका थिए ।
लोकतान्त्रिक बामगठबन्धनको साझा उम्मेदवारका रुपमा दलहरुले सर्वस्वीकार्यता प्राप्त गर्दे साझा स्वच्छ छवि प्रतीत गरेका बलायर पार्टीभित्र होस या बाहिर सबैलाई मिलाउन सक्ने कुशल नेत्तृत्व क्षमताका कारण चुनावी क्षेत्र नँया र पहिलोपटक भएपनि बलियो देखिएका थिए। बलायरले आफनो उम्मेदवारी कुनै व्यक्ति र राजनीतिक पाटीका बिरुद्ध नभई समाजमा ब्यापत रोग,भोग,गरिबी, बेरोजगारी, अशिक्षा र भष्ट्राचार बिरुद्ध रहेको र सो को लागि बर्तमान लाई हेरेर होईन भबिस्य लाई हेरेर काम गर्ने भनेका कारण पनि जनताको मन जितेको देख्न सकिन्छ। लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुन्छन र नेता भनेको जनताका कामदार हुन भन्ने मत राख्ने बलायरले मत दिनु अघि जनता जनार्दनले आफनो मनलाई सोध्न अनुरोध गर्दे सोही मनलाई मतमा बदलेर विकासमा बदल्ने व्याक्तिलाई अनुमोदित गर्न आग्रह गरेका थिए र आज सोही अनुसार अनुमोदित भएका छन।

“सबैलाई समान पहुँच सहित जनजिविकाका सवालहरुमा राज्य गम्भीर हुनुपर्दछ। जनताले आफ्ना आधारभुत अधिकारहरुको उपभोग सजिलै गर्न पाउनुपर्दछ।” भन्ने सोच राख्ने बलायर बौद्धिक दुरदर्शी नेता मानिन्छन। शिक्षा र स्वास्थ सर्वशुलभ हुनुपर्ने मुद्दा उठाउदै संविधानमा हस्ताक्षरकर्ताको सौभाग्य पाएका बलायरले यसपालि जितेको जनताको अभिमतले संघीय सदनमा पश्चिमेली जनताको आशाको पुन्जको रूपमा पनि हेरिएको छ । (मलाशी समसामयीक विषयवस्तुमा रहेर कलम चलाउछन । )

Loading...