Nirwachan 1

सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधि सभा सदस्य मध्ये कुन ठाउँमा कस्ले जिते ? कहाँ कस्को अग्रता छ ?

godawari Dengo

अत्तरिया: सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधि सभा क्षेत्र मध्ये १० क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कञ्चनपुर २, ३, अछाम १, २, कैलाली ३, ४, डोटी, डडेल्धुरा, बझाङ र दार्चुला क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

जसमा सत्ता गठबन्धनका उम्मेदवार ९ सिटमा जित हासिल गरेका छन भने १ सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले ६, नेकपा एकीकृत समाजवादीले ३ क्षेत्रमा विजयी भएका छन ।

कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका साउँदले एमालेका उम्मेदवार नर बहादुर धामीलाई ८ हजार ४५५ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गठबन्धनका तर्फबाट पुर्वमन्त्री एव केन्द्रीय सदस्य साउदले २८ हजार, १ सय, धामीले २१ हजार, ६४५ मत ल्याएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले ४ हजार ९३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत प्राप्त गरेका छन ।

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ मा कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्दी एव निर्वतमान संसद निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन । लेखकले ३० हजार, ५सय २३ र पालले १८ हजार, ४सय ४८ मत पाएका छन ।

अछामका २ वटै प्रतिनिधि सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार वियजी भएा छन । अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका हुन भने निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार पुष्प शाह विजयी भएका छन् ।

अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गरेका छन ।

Nirwachan 1

यस्तै अछामको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३ हजार ५४ मतका ल्याएर विजयी भएका छन् । यस्तै एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सासंद यज्ञ बोगटीले १६ हजार ३५ मत पाएर दोस्रो भएका छन् ।

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । उक्त पार्टीका गङ्गा चौधरी २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन । कैलाली – ३ मा गठबन्धनका उम्मेदवार कुन्दन चौधरीले १७ हजार ७४९ र एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत ल्याएका छन ।
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ गठबन्धका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका वीर बहादुर बलायर विजयी भएका छन । बलायरले प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ६०७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कुल खसेको ६४ हजार १५८ मत मध्ये बलायरले २६ हजार २२० मत पाएका थिए भने भट्टले २२ हजार ६१३ मत पाउन सके ।

डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका छन् । आलेले २७ हजार २१० मत प्राप्त गरे। एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएर बिजयी भएका हुन । यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन ।

बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । उनी २८ हजार १४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् ।

दार्चुलमा काँग्रेसका उम्मेदवार दिलेन्द्र बडूले जित हासिल गरेका छन् । अन्तिम मत परिणाम अनुसार बडु २८ हजार ५१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत ल्याएर पराजित भएका छन् ।

नतिजा आउन बाकी क्षेत्र यी हुन

कैलाली १ – नागरिक उन्मुक्ति पार्टी (अग्रता)
कैलाली २ – नेकपा माओवादी केन्द्र (अग्रता)
कैलाली ५ – नेपाली काङ्ग्रेस (अग्रता)
कन्चनपुर –१ नेकपा एमाले (अग्रता)
बैतडी – नेकपा माओवाद केन्द्र (अग्रता)
बाजुरा – मतगणना नभएको

Loading...