Nirwachan 1

सुरेशह कुमारका केही उत्कृष्ठ गजलहरु

godawari Dengo
आलो पालो मिलिजुली बनौला है गोठालो हामी,
जसरी भयपनि जिताउंनु छ नेताको सालो हामी।
बांटौ धन कस्को केजान्छ जिते स्वर्गमा बास हो,
जनाता उल्लु बने देश खाउंला पालै पालो हामी।
किसान,मज्दुरहरू कराउंछन अनि चुप लाग्छन,
भुट्नैपर्छ बिस्तारै उनैको हलो र कोदालो हामी।
बिदेशबाट बोलाउं मतपत्र लगाएर छाप धमाधम,
चुंड्नदिन हुंदैन कहिल्यपनि भ्रमको जालो हामी।
देश झर्छ ओरालो जनता जान्छन भाड्मा साथी,
लगाई सकेसम्म ज्याक चड्नैपर्छ उकालो हामी।
कसैले भोट हाल्छन कसैले हाल्दैन पनि भन्छन,
जुंवाकै सवाल झर्न कत्ती चाहेनौ ओरालो हामी।
॥१॥

 

ऊ पराया संग नाता बेरेरै गयो
आफ्नो बन्यो घांटी शेरेरै गयो।
Nirwachan 1
चिन्नै सकेनौं दुष्टलाई हामीले,
उसले आफ्नै धोको फेरेरै गयो।
नाडी छाम्न त्यो समिपमा आई,
अमूल्य बस्तुहरूलाई हेरेरै गयो।
मित्र बनेर मनभित्र पस्यो दुष्टले,
असमान सन्धि समेत केरेरै गयो।
यो सन्तान पनि गतिला कहांछन,
उस्ले जे जेभन्यो त्यही टेरेरै गयो।
॥२॥

फूलमा मह भरिएकै जस्तो मनमा रहर हुन्छ,
प्रत्येक फूललाई दु:ख-सुख झेल्ने कर हुन्छ।
नयां फूल फुल्छन उस्तै झरेर जान्छन पुराना,
आउंने र जाने सबैको एक समान डगर हुन्छ।
मान्छे जन्मिदा सिलेट जस्तै हुन्छ मष्तिकपनी,
शिक्षा दिक्षा दिने तिता मिठा हाम्रा सफर हुन्छ।
मनभित्रको कुरा कसैले बुझ्दैन के छ केथाहा,
तर मनको कुरा प्रष्ट पार्ने आफ्नो अधर हुन्छ।
अघात खुसि हुन्छ जब आउंछिन घरमा लक्ष्मी,
नर र नारी दुबै जनामा श्रृष्टी पनि निर्भर हुन्छ।
खेलाउंदा खेलाउंदै कतिछिटै आमा बनि नानी,
कहिले कसो त खुसिलेपनि आसु बरबर हुन्छ।
॥३॥

 

दु:ख र दर्दले भरिएको यही सारा संसार भेटाए,
त्यसैमा आफ्नो दु:ख भुली ज्युने आधार भेटाएं।
कतै गिट्टी कुट्छन र कतै भारी बोकेका हुंन्छन,
उनैको व्यवहारले म जिवन धान्ने औजार भेटाएं।
सबैको जिवन फूल र कांडाको संगम हुन्छ बुझौं,
प्राकृतीले त गरेको सबैमा समान व्यवहार भेटाएं।
मान्छेमा स्वार्थ पलायो र जताततै हाहाकार भयो,
उनै मन्छेको व्यवहार बुझ्दा आज दिक्दार भेटाएं।
हाड मासु र एक मुठ्ठी स्वाहासको कटपुतली हौं,
निजी स्वर्थ एक आर्कालाई मार्ने हथियार भेटाएं।
॥४॥

न त खोला छाडे यिनैले न बगर छाडे देशमा,
बनायो दाश न गरिबहरूका घर छाडे देशमा।
अहिले पनि उनै म्याउं गर्दैछन भोटका लागी,
घर घरमै जातिय र क्षेत्रिय जहर छाडे देशमा।
हेरौं त संघियताको कहर देश हरिकङ्गाल छ,
उस्तै अविस्वासकै भयङ्कर डर छाडे देशमा।
आमूल परिवर्तनका नारा त सेलाएर जांदैछन,
एउटा शहिदको इस्मार्क सकभर छाडे देशमा।
मानिस बदलिन्छन व्यवस्था उस्तै उस्तै हुन्छन,
उहि पञ्चायी व्यवस्था जस्तै गदर छाडे देशमा।
सुरेशकुमार पान्डे

 

 

Loading...