
अत्तरियाः नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायरले सबै डोटीबाट नै आएकाले आफूलाई मात्रै टुरिष्ट भन्न नमिल्ने बताएका छन । बुधबार गोदावरी नगरपालिका – ८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लेखराज भट्ट पलियाबाट आएका हुन भन्दै प्रश्न गरे ।
‘अहिले अरु केही नपाएर मलाई घर–घर आएको टुरिष्ट भनिदिएका छन । यहाँ सबै पहाडैबाट आएका त छन’ उनले भने ‘लेखराज जि के पलियाबाट आएका हुन ? कि डोटी बाट आएका हुन ? म पनि डोटीबाटै आएको हु । म कसरी टुरिष्ट भए ।’
उनले लेखराज भट्टले यस क्षेत्रमा गरेका केही काम देखाउन नसकेर आफूलाई टुरिष्ट भएको आरोप लगाउँदै हिडेको बताए । उनले यस क्षेत्रको विकास गर्नका लागि विकास गर्ने इछ्या शक्ती भएको मानिसको आवश्यकता रहेको बताए ।

‘अहिले यहाँ कुनै पनि ठाउँमा विकास हुन सकेको छैन । विकास गर्नको लागि त विकास गर्ने मान्छे चाहियो त’ उनले भने ‘विकास गर्न सक्ने क्षमता भएको मान्छे चाहियो । इछ्याशक्ती भएको मान्छे चाहियो ।’
उनले यस क्षेत्रको विकास गर्नको लागि आफूलाई भोट दिन आग्रह गरे । ‘हामी खट्ने मान्छे हो हामीमा केही गर्ने चाहना छ’ उनले भने ‘तपाई केही गर्न चाहनु हुन्छ गराउन चाहनु हुन्छ भने हामीलाई मत दिनुहोस् । होइन अहिलेको भन्दा पनि ध्यस्त बनाउछु भन्यो भने ठिकै छ ।वहाँहरुलाई नै दिनुहोस् । जो ले ध्यस्त बनाइरहेका छन । जसले अपठ्यारो बनाएका छन । जो भोट लिएर भेट्न आउँदैनन् । जो भोट लिएर केही गर्दैनन् ।’
उनले कोरोना महामारीका समयमा जनतालाई राहत दिन नसक्नेले अहिले भोटका लागि चामलको कठ्ठा बाडिरहेको आरोप लगाए । उनले सबैले अधिकार पाउनका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।
उनले अझै पनि ओलीको सासन आए आफूहरुलाई ३ महिना भित्र जेल हाल्ने बताए । उनले भने ‘ओली आएपछि जे उनले भन्यो त्यही मान्नुपर्ने हुन्छ । सहि गलत भन्दै पाइदैन ।’