उम्मेदवारी खारेजी मुद्दापछि रबिले फर्काए कडा जवाफ, अमेरिकन नागरिकताबारे बल्ल मुख खोले हेर्नुस यस्तो रहेछ उजुरीको बास्तबिकता

काठमाडौं: मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उजुरीको व्यहोरा तत्काल निर्वाचन आयोगमा जानकारी गराए । कार्यालयले बुधबार नै लामिछानेलाई उक्त उजुरीको विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि उजुरी र जवाफ निर्वाचन आयोगमा पठाउनेछ । हेर्नुस –