Nirwachan 1

स्वच्छ राजनीतिक पृष्ठभुमि बोकेका प्रकाश बम- जो संग विकास गर्ने हुट हुटी छ

godawari Dengo

अत्तरिया: स्वच्छ राजनीतिक पृष्ठभुमि, सरल जिवन शैलि र व्यवहार, सबैको सम्मान गर्न जानेको एउटा उमेरदवारको रुपमा पहिचान बनाएका छन् प्रकाश बमले । कैलाली क्षेत्र नं. ४ (ख) मा बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रदेश सभा सदस्य पदका उमेरदवार नेपाली कांग्रेसका नेता बमको राजनितीक जिवन र निजि जिवन किताब क्षै खुल्ला अनि बेदागी छ । राजनितीलाई जनताको सेवा गर्ने ठाउँ र जनताका चाहाना सर्वोपरि ठान्ने बम पार्टी भित्र र बाहिर सबैले सम्मान गर्ने पात्रका रुपमा चिनिन्छन् ।

डोटीको बडिकेदार गाउँपालिका वडा नं. १ रिसेडि मा वुवा चर्तुभुज बम र आमा पद्मा बमको कोखबाट वि.सं. २०१६ साल वैशाख १५ गते प्रकाश जन्मिएका हुन् । सानै देखि शान्त र जिज्ञासु स्वभावका प्रकाश पढाईमा पनि अब्बल थिए । उनको परिवार वि.सं. २०२२ सालमा तराई झर्यो । तराईमा विभिन्न जिल्ला र ठाउँबाट बसाई सरेर आएका मानिसहरुको रहन– सहन र संगतले प्रकाशको सोचाईको दायरा पनि बढ्दै गयो । थारु समुदाय प्रति अझ बढी झुकाब रहेको सम्झदै बम भन्छन् “मैले थारु साथीहरुबाट धेरै कुरा सिक्न पाए, उनीहरुको संस्कृती र ईमान्दारीताले मलाई सधै प्रभावित गरिरह्यो । राजनतिीक जिवनमा पनि उनीहरुको सहयोग र सद्भाव प्रति सधै क्रृणी रहन्छु ।”

वि.सं. २०४३ सालमा भएको स्थानिय निकायको निर्वाचनमा (पार्टीले भाग लिएको) कैलाली जिल्लाको पञ्चायत सदस्यमा बम निर्वाचित भए । यहि समयमा उनले समाजमा धेरै काम गर्ने मौका पाए । त्यहि जोशले उनलाई निरन्तर काम गर्ने प्रेरित गरिरहेको छ । वि.सं. २०४६ सालको आन्दोलनमा उनले नेपाली राजनीती र समाजलाई अझ नजिक बाट नियाल्ने र बुझ्ने मौका पाए । आन्दोलनमा बमले खेलेको नेतृत्वदायी भुमिकाले अहिले पनि सम्झीने गरिन्छ । वि.सं. २०४९ सालमा उनी जिल्ला विकास समिती कैलालीको सदस्य भए ।

Nirwachan 1

राजनितीमा कांग्रेस नेता बमको निरन्तता लोभ लाग्दो छ । उनले जिल्ला कार्य समितीमा १० वर्ष सदस्य पदमा रहेर काम गरे । नेपाली कांग्रेसको १२ औ अधिवेशन बाट सचिव पदमा चुनिएका उनीले १३ औ अधिवेशमा उप– सभापति को जिम्मेवारी पाए । भर्खरै सम्पन्न पार्टीको १४ औ अधिवेशनमा बम कैलाली जिल्ला सभापतीका लागी प्रतिस्पर्धामा थिए । यो प्रतिस्पर्धामा भने उनी पराजित भए । पार्टी भित्रको प्रतिस्पर्धामा पराजित भएपनि उनी आफुनो उर्जामा कमि नआएको बताउछन् ।

चुनाव पछि सबै एकढिक्का भएर चुनावमा होमिएका कारण नतिता सकारात्मक आउनेमा बम ढुक्क छन् ।
निर्वाचन आउन अब केहि दिन मात्रै बाकि छन् । बम आफु चुनाव जित्ने मा विश्वस्त छन् । पार्टी एक ढिक्का भएर अघि बढेको र बाम लोकतान्त्रि गठबन्धनको एकताले आफ्नो विश्वासमा झनै टेवा पुगेको बम बताउछन् । स्वच्छ र इमान्दार छवी भएका नेताका रुपमा चिनेने बम अबको आवश्यकता शुसासन र विकास भएको बताए । गाउँ– गाउँमा आर्थीक चेतना, आर्थीक जागरण अनिवार्य रहेको भन्दै उनले आर्थीक रुपान्तरणको माध्यमबाट मात्रै अब समाज गतिशिल रुपमा अघि बढ्ने कुरामा विश्वास व्यक्त गरे । आफ्नो क्षेत्र सम्पुर्ण रुपले सम्पन्न भएकाले योजना बद्ध रुपमा विकासको खाका बनाएर अघि बढे धेरै परिवर्तन गर्न सकिने कुरामा बम जोड दिन्छन् । आफु लामो समय देखी यहि क्षेत्रमा बसेको, यहाका प्रत्यक वडा र गाउमा पुगेकाले हरेको कुराको अनुभुती भएको उनी बताउछन् ।

यस क्षेत्रका पहाडि क्षेत्र चाप, सल्ली, नाइल, हाटखोली, फुलबस्ती, बुढीतोला, चुरे लगाएतका ठाउँ कृर्षि र पर्यटन गन्तव्यका रुपमा आकर्षक रहेकाले त्यहाँ योजना बद्ध रुपमा काम गर्न सके थुप्रै काम गर्न सकिने उनी बताउछन् । अत्तरिया बजार सुदुर पश्चिमको केन्द्र रहेकाले यसको व्यवस्थापन अनिवार्य रहेको बताउदै बमले अन्य ठाउँ र गाउँ मा सडक संञ्जाल जोड्ने र संञ्जाल जोडिएको ठाउँलाई थप व्यवस्थीत गदै लैजाने योजना सुनाए । वलानी क्षेत्रमा खानेपानी र सिचाईको प्रमुख समस्या रहेकोले त्यसको समाधानका लागी आफु तत्पर रहेको उनले बताए । यस क्षेत्रको बेरोजगारीको समस्या समाधान गर्नका लागी लघु उद्योगहरुको स्थापना, युवा स्वरोजगारका योजनाका माध्यमबाट निराकरण गर्न सकिने उनको विश्वास छ ।

यस क्षेत्रका समस्याहरु खानेपानी, विजुली, सिँचाई, सडक, तटबन्धन, पुल– पुलेसा निर्माण, शिक्षा एव्म स्वास्थ्य क्षेत्रको सुधार लगाएका कामहरु गर्नका लागी आफु सधै तल्लीन रहने कांग्रेस नेता एवम् क्षेत्र नं. ४ (ख) मा बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रदेश सभा सदस्य पदका उमेरदवार बमले प्रतिबद्धता व्यक्त गरे । चुनाव जितीसकेपछि आफ्नो सम्पुर्ण ध्यान यस क्षेत्रको सामाजिक र आर्थिक रुपान्तरणमा रहने उनले बताए ।

Loading...