Nirwachan 1

विश्वको जनसंख्या ८ अर्ब, १२ वर्षमा एक अर्ब मानिस थपिए

godawari Dengo

एजेन्सी : १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि नै विश्वको जनसंख्या आठ ८ अर्ब पुगेको हो । स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ ।

 

विश्व जनसंख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसंख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसंख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।

 

विश्व जनसंख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ ।

Nirwachan 1

यो विश्व जनसंख्या वृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो । सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसंख्या क्षेत्रको रुपमा एसिया रहेको छ ।

एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब रचीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ ।

 

सन् २०५० सम्ममा विश्वव्यापी जनसंख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ ।

 

Loading...