
काठमाडौं: फेसबुक मेटा कम्पनीले फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको छ । फेसबुक प्रयोगकर्ताले आफूलाई इच्छा लागेको कुरा भ्वाइसबाट पठाउन सक्छन् । साथै उक्त भ्वाइससँगै टेक्स्ट पनि कमेन्ट गर्न सकिन्छ ।फेसबुक लाइटबाट यो फिचर उपयोग गर्न सकिन्छ । फेसबुक ग्रुपमा भ्वाइस कमेन्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
सबैभन्दा पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।
-त्यसपछि कुनै पनि ग्रुपमा जानुहोस् । (यो फिचर केही ग्रुपमा उपलब्ध भएको र केहीमा उपलब्ध नभएको पाइएको छ) ।
त्यसपछि कमेन्ट बक्समा जानुहोस् ।

-त्यहाँ माइक्रोफोन, गिफ, एटदरेट, इमोजीको आइकन देख्न सकिन्छ । त्यसमा रहेको माइक्रोफोनको आईकनमा ट्याप गर्नुहोस् ।
-त्यसपछि माइक्रोफोनको एक्सेस दिनुहोस् ।
त्यसपछि स्टप (Stop)अप्सनमा ट्याप गर्नुहोस् ।
-त्यसपछि तल अडियो र माथि टेक्स्ट कमेन्ट गर्न भनिएको हुन्छ । आफूलाई इच्छा लागेको टेक्स्ट टाइप गर्नुहोस् ।
-त्यसपछि पोस्टमा ट्याप गर्नुहोस् । यसरी तपाईँले ग्रुपमा अडियो कमेन्ट गर्न सक्नुहुन्छ ।