Nirwachan 1

कैलालीको गोदावरी नगरपालिकाद्वारा मंसिर १ देखि ५ गते सम्म सेवा प्रभावित हुने सम्बन्धि सूचना जारी

godawari Dengo

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले मंसिर १ गते देखि ५ गते सम्म नगरपालिका कार्यालय र मातहतका कार्यालयबाट दिइने सेवा प्रभावित हुने जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले अधिकाशं कर्मचारीहरु निर्वाचनमा खटिएर जानुपर्ने भएकाले दैनिक रुपमा सम्पादन गरिने सेवा प्रभावित हुन सक्ने जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी सूचनामा भनीएको छ ‘यस कार्यालय तथा मातहतका कार्यालयहरुबाट दैनिक रुपमा सम्पादन गरिने सेवाहरु प्रभावित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।’

२ दिन सार्वजनिक विदा

Nirwachan 1

यसैबिच नेपाल सरकारले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ दिन विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै मंसिर ४ र ५ गते विदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलद्धारा जारी सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा भने मंसिर २ गतेदेखि ५ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिइएको छ ।

May be an image of text

Loading...