Nirwachan 1

नेपाल सँगको दोस्रो खेलमा पनि केन्याले दियो मध्यम लक्ष्य, दिपेन्द्र र सन्दिपले लिए ३-३ विकेट

godawari Dengo

काठमाडौं :

घरेलु टोली केन्याले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो ।

 

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए। करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए।

 

Nirwachan 1

आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ । यता केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

 

नेपालका वसिर अहमदले नेपालका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका छन् । यसै महिना स्कटल्याण्डमा भएको खेलमा उनले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । आज केन्याविरुद्धको दोस्रो खेलमा उनले विवेक यादवको स्थानमा मौका पाएका हुन् । टी-ट्वान्टीमा मौका पाउने अहमद ४२ औं खेलाडी हुन् ।

 

नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Loading...