Type to search

धार्मिक

शनिवारको दिनमा यस्ता कार्य बाट टाढै बस्दा राम्रो, साथै यी सामान न किन्नु होला

हिन्दु धर्म शास्त्रअनुसार कर्म फल दाता शनिदेवको मानव जातीहरुमाथी सधै दृष्टि रहने मान्यता रहेको छ । ज्योतिषमा शनिदेवलाई न्यायको देवता पनि मानिएको छ । यदि कुण्डलीमा शनि अशुभ स्थितिमा रहेका छन् भने व्यक्तिले अनेक थरीका समस्याहरु झेल्नु पर्दछ । शनिबारको दिन शनिदेवको हुने गर्दछ । त्यसैले शनिको नजरबाट बच्नको लागी शनिबारको दिन केहि कार्यहरु गर्न मनाही गरिएको छ ।

loading...

१. शनिबारको दिन दान गर्नु शुभ मानिन्छ । यस दिन गरीबको अपमान गर्नु हुदैन किनकि शनिदेव गरीबहरुमा विशेष ध्यान दिनुहुन्छ ।

२. शनिबारको दिन तेल किन्नु हुदैन तर यस दिन तेल दान गर्दा शुभ हुने गर्दछ ।

३. शनिबारको दिन कोहीबाट पनि जुत्ता-चप्पल उपहारमा लिनु हुदैन । गरी लाई यस दिन जुत्ता-चप्पल दान गर्नाले शनि दोष हट्ने गर्दछ ।

४. शनिबारको दिन फलामको वस्तु दान गर्नु शुभ हुने गर्दछ ।

५. यदि तपाई शनिदेवको कृपा चाहनुहुन्छ भने शनिबारको दिन बिर्सिएर पनि फलाम या फलामबाट बनेको सामान घर नल्याउनुहोस् ।

एजेन्सी : हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि नकार्न सक्दैनौ ।

हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका छन् । मानिन्छ र शनिशनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

आउनुहोस् यस्तै केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।

तेल :
तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता :
शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न :
शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुन :
घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम :
शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ । एजेन्सी

यो पनि जनिराख्नुहोस :

अपार धन प्राप्तीको लागी श्रीगणेशको यो चमत्कारिक मन्त्र ! (जप्नैपर्ने)

हरेक दिन जप्नुहोस् श्री गणेशको मन्त्र र पाउनुहोस् अपार धन ।

श्री गणेशको आराधनालाई लिएर केही यस्तो तथ्य रहेका छन् जसबाट तपाई अहिलेसम्म अन्जान हुनुन्छ । यी कुराहरु थाहाँ पाए पछि तपाई दुईगुना श्रद्धा र भक्तिको साथ श्रीगणेशको आराधनामा जुट्नु हुनेछ।
यदि तपाई अपार धन पाउने चाहना राख्नु हुन्छ भने भगवान श्रीगणेशलाई केहि विशेष मन्त्रले अभिषेक गर्नुहोस्। यहाँ पाठकको लागी प्रस्तुत छ भगवान श्री गणेशको चमत्कारिक धन मन्त्र। यो मन्त्र प्रतिदिन जप गर्नुहोस् र पाउनुहोस् अपार धन ।

* श्रीपतये नमः,

* रत्नसिंहासनाय नमः,

* ममिकुंडलमंडिताय नमः,

* महालक्ष्मी प्रियतमाय नमः,

* सिद्ध लक्ष्मी मनोरहप्रियाय नमः

* लक्षाधीश प्रियाय नमः,

* कोटिधीश्वराय नमः।
श्रीगणेशको आराधना गरेर तपाई धन-दौलत, रुपया-पैसा, विद्या, बुद्धि, विवेक, यश, प्रसिद्धि, सहजतासँग प्राप्त गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *