लोड हुदैछ

Type to search

आर्थिक

नयाँ मोटरसाईकल किन्ने सोचमा हो भने हेर्नुहोस नयाँ आर्थिक बर्षको जोडिएको महसुल सहितको मुल्य विवरण

सरकारले बजेटमार्फत मोटरसाइकलको आयातमा लाग्ने करमा वृद्धि गरेपछि कम्पनीहरुले नयाँ मूल्यसूची सार्वजनिक गर्न थालेका छन् । तर, स्टकमा रहेका बाबइकको मूल्य भने पुरानै सूचीअनुसार नै बिक्री हुने जानकारी कम्पनीहरुले दिएका छन् ।

loading...

नेपालमा सबैभन्दा धेरै बिक्री हुने बजाज बाइकको आधिकाकरिक वितरक एचएएच बजाजले पनि आफ्नो मूल्यसूची सार्वजनि गरेको छ । कम्पनीले बजेट पूर्वकको मूल्य (प्रि बजेट प्राइस) र बजेट पछि आउने बाइकको मूल्य (पोस्ट बजेट प्राइस) को सूची सार्वजनिक गरेको छ ।

यसअनुसार डोमिनार-४००को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ । पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ । पल्सर-२२०मा २६ हजार मूल्य बढेको छ । पल्सर एभेन्जर-२२०मा २२ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । पल्सर एभेन्जर-१८०मा ३१ हजार रुपैयाँ मूल्य बढेको छ ।

तर, कम्पनीले पुरानो स्टक रहुन्जेल पुरानै मूल्यमा बाइक बिक्री गर्ने जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *