Type to search

विश्व

यात्रुबाहक दुर्घटना हुँदा १९ जनाको मृत्यु !

क्युटो, इक्वेडर । इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिक सहित १९ जनाको ज्यान गएको छ। इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको छ। त्यस दुर्घटनामा परी कूल १९ व्यक्तिको मृत्यु भएको थियो।

loading...

मृत्यु हुनेमा १२ जना कोलम्बियाली, चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक छन्। यस दुर्घटनाग्रस्त बसमा २३ व्यक्ति सवार रहेका इक्वेडरको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो बसलाई पर्यटकहरु बोक्ने अनुमति नरहेको कोलम्बियाको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

उक्त बसमा रहेका दुई जना सवारी चालकमध्ये एक जनालाई पक्राउ गरिएको छ। इक्वेडरमा ट्राफिक दुर्घटनाका कारण धेरै मानिसहरुको मृत्यु हुने गरेको जनाइएको छ। प्रत्येक दिन सडक दुर्घटनामा परी यहाँ कम्तीमा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० जना घाइते हुने गरेका छन्।

  • एजेन्सी

Leave a Comment

Your email address will not be published. Required fields are marked *