लोड हुदैछ

Type to search

साहित्य

साहित्यकार एवं युवा दार्शनिक दियु पौडेलको मनछुने कथा “मसानघाटकी पत्नी”

मनछुने कथा “मसानघाटकी पत्नी- भाग:- ६ “
लेखक:- दियु पौडेल

loading...

वैमानी हुँदा रहेछन् यादहरु,
मानिस भन्दा स्वार्थी यादहरु हुँदा रहेछन् सोद्धै नसोधी आउँछन् अनि सोध्दै नसोधी जान्छन् ,कति अचम्म गरि मुटुमा वस्छन् अनि यात्रा गर्न ऑखावाट ओर्लंदा रहेछन् आफ्ना भनेका जुन जस्ता हुन्छन् १५ दिन आफ्ना १५ दिन अरुका ,तर याद घडी जस्तो हुँदो रहेछ निरन्तर चलिरहन्छ जव सम्म व्याट्री सकिंदैन !

त्यो दिन मेरी पत्नीलाई दाहसंस्कार गरेर घर फर्किंए !
उसलाई देवघाट नदिको छेउमा जलाउँदा उसका केही खरानीहरु मेरै अंगहरुसंग टॉसिएर आएछन् त्यसैले होला त्यो रात ऊ आउँथी अनि पटक पटक जिस्काउँदै व्युँझाउँथी अनि म हक्कानीदैं खोज्थें तर कतै देख्थिन..मेरो पत्नी रातभरी मेरै नजिकै वसेझैं लाग्थ्यो जव विहानी हुन्थ्यो मसंग लुकामारी खैलेझैं लाग्थ्यो !
जव प्रभात हुन्थ्यो म विहोसीमा हिंड्ने गर्थैं !
दाहसंस्कार र काजक्रिया सकेपछी पनि ममा विश्वास थिएन उसले छाडेर गएको भन्ने !
उसको काख मलाई क्षणिक जिन्दगीको क्षणिक खुशि रहेछ यही भनेर चित्त वुझाँउथें !

डवली वजारको माथिपुगेपछी मैले वोकेको पोको फुस्कियो ,भएका समानहरु यत्र-तत्र छरिए !
मैले लुकाएर राखेको मुरली रुँदै पर पुग्यो,
पोकोवाट वजारिएर वाहिर रोडको छेउमै वसेको मेरी पत्नीको लेहैंगाले मलाई हेरेर भनेझैं लाग्यो :- तिमी छँदा छंदैपनी मैले अर्कै रोजें ,प्यारा मैले मसानघाट रोंजे ,म यो धर्तिमा कतै अटाईन त्यसैले अर्कै दुनियॉ रोजें ,कहिल्यै नखोज मलाई म आफ्नै दुनियॉमा छु ,म यहॉ एक्दमै खुशी छु त्यसैले तिमीलाई छाडिदिंए ,मेरो संसारमा म जस्ता कति धेरै छन् तर तिम्रो काख जस्तो न्यानो काख मैले कतै पाईन ..फेरी पनि तिमी दुखी देखेर छाडेकी होईन मेरो आफ्नै संसार रहेछ जानुपर्यो मलाई..मसंग तिमीले देख्न नपाएको तिम्रो वावु मेरो काखमा नॉचेर वुवा खोजिरहेछ! रगतको डल्लो हुँदा छाडेकी थिँए, ठुलो हुँदा पनि भेटाउँन सकिन …
हेर न..फरक यत्ति छ तिमी मलाई देख्न सक्दैनौं म तिमीलाई देखिरहेको छु,डक्टरले चिरेर टॉसेको घाऊ आजकल तिम्रो यादभन्दा चर्को दुख्छ ,तिमीले मलाई देख्न ऑखा चिम्म गर्नुपर्छ तर मलाई पर्दैन मलाई स्वार्थी नसम्झनु ..जिन्दगीको अन्तिम दिनसम्म साथदिंदा दिंदै पनि तिमी यसरी छुट्टियौ कि मेरो वेगले तिमीलाई छाडेर कतै पुर्याएछ मलाई माफ गर!

मेरा ऑखावाट वर्वरी ऑशुहरु वग्न थाले ,आकाशमा पानी पर्नुभन्दा अगाडी आकाश गर्जन्छ तर कहिले कॉही नगर्जंदैपनी पानी पर्दो रहेछ मलाई पनि यस्तै भएको थियो गर्जेको मन थियो तर वर्षा आँखामा भएको थियो ,!
मेरो ऑखावाट केही चलायमान शितलहरहरुले यादका वोटहरुलाई नष्ट गर्न चाहान्थे तर सकेनन् झन् मनको युरियाले हुर्कंदै थिए यादका वोटहरु !
यत्र-तत्र छरिएका वस्तुहरुलाई टिपें अनि मज्जाले स्पर्श गरेर चुम्वनका कयौं लहरहरु वर्षाए ..सुगन्ध उस्तै थियो !
त्यही डवलीको किनार त्यही चर्खा पसल उस्तै मानिसहरु काला कपडा ,कालो चस्मा र लामो पालेको कपाल…नॉच्ने त्यो रोधिघर …विरक्त लाग्दो समय र मेरो सपना ..नॉच्ने चर्खा जस्तै नॉचेको जिन्दगी !
नॉचेको युवाहरु म तिर हेरे सायद यिनीहरु आशिकी हुनुपर्छ तर यिनीहरु होसमा नॉच्छन् म विहोसिमा नॉच्छु फरक यति मात्रै थियो !
हिलोले मुरलीमा भएका घाऊहरु पुरिएछन् मज्जाले साफ गरें अनि वजाउँदै रोंए !
म दिनभरी हिंड्थें मेरो हिंडाईको कुनै निश्चित थिएन तर जहॉ जान्थे उसका हातहरुले डोर्याएर लिएझै लाग्थ्यो त्यसैले कयौं पटक मसानघाट पुग्ने गर्थे…मेरो पत्नीको महल यहीं मसानघाट थियो ,
कुनै यात्रा कठिन भएन मलाई केही शितल पवनहरु आउँथे उसको मायॉ वनेर अनि मनसुनी वर्षाले मलाई ऑशु लुकाउन उसले पानी छ्यापेंझैं लाग्थ्यो !
जिन्दगीमा ऑशुनै सवैभन्दा ठुलो गहना रहेछ मेरो ऑखामा यसले निकै शोभा दिएको थियो !हुन सक्छ उसका यादहरु मेरो ऑखॉमा एकनम्वरी सुन भएर वसेका थिए !
पत्नीसंगै रगतको डल्लो जस्तो रातो मेरो शिशुलाई हत्या गरेर जिन्दगीले निकै गल्ती गरेको थियो !
त्यो दिन आफ्नाहरु त रोंए तर थाहा छैन त्यो दिनदेखी आज सम्म कहॉ गए !
वाटोमा निकै लामो यात्रा गरेछु ,वाटोमा उही मेरी पत्नीको चिरफार गर्ने अर्का डक्टर भेटिए उनी केही वोलेनन् तर मलाई सोध्न मन थियो !
मैले सोंधे:-
डक्टर साव!डक्टर साव!!हजुरले मेरी पत्नीलाई चिर्दा उसले केही वोलिन …केही त भनि होलिनी…कहिले मलाई भेट्छु भनेकी छ?
डक्टर सावले ऑशु पुच्छ्दै भनेका थिए :- त्यो दिन जहिले तिम्रो जिन्दगीको यात्राले अन्तै लिएर जान्छ…मैले फेरी भनें:- कहिले लिएर जान्छ ?
डक्टरसाव वोलेनन् तर उनका आखॉमा उनले विरामीलाई दिने सलाईन पानी चलिरहेको थियो !
डक्टरले केही नवोलेपछी सेता कोट लगाउने अपराधी हुन् यही मेरो मनले भनिरहेको थियो !
जिन्दगीले घनुष आकारको ओठ सवैलाई दियो त्यसैले होला कयौं यसवाट छोडेको तिर मलाई निकै लागेको थियो सवैले भन्थे:- वौला आयो ..पागल आयो ..भिकारी आयो !
मन विग्रिएर उत्ताउलो भएको थियो !
तनको रोगले भन्दा मनको रोगले मलाई धेरै गलाई सकेको थियो !

क्रमश:-(वॉकी अर्को भागमा )

तपाईहरुलाई कथा कस्तो लाग्यो #प्रतिक्रिया दिन नभुल्नु होला !

मन परेमा #शेयर गरि आफ्नो वालमा सुरक्षित राख्नुहोस् !

मसंग मित्रता गर्न चाहने असल मित्रहरुले मलाई फेशवुकमा एड गर्न सक्नुहुनेछ !

Leave a Comment

Your email address will not be published. Required fields are marked *