लोड हुदैछ

Type to search

स्वास्थ्य

के हो छारे रोग ? छारेरोगका १२ कारण र १२ लक्षण, गर्न हुने र नहुने काम

छारेरोग एक किसिमको मस्तिष्क रोग हो । यस रोगले मानिसको मस्तिष्कमा असामान्य रुपले विद्युत तरंग उत्पन्न गर्छ । जसले गर्दा बिरामी मुर्छा पर्ने, आखाँ पल्टाउने, मुखबाट फिँज निकाल्ने, हातखुट्टा झट्काउने र एकाएक आफै ब्युँझने गर्छन् । यो रोग अरु रोगजस्तै शरीरभित्रको खराबीका कारणले पैदा हुन्छ । विभिन्न कारणले मस्तिष्कमा असर पारेपछि यो रोग लाग्छ ।

loading...

छारेरोगका कारण

–  जन्मँदा मस्तिष्कमा लागेको चोट,
–   स्तिष्क ज्वरो (इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, आदि),
–   टाउकोमा चोटपटक लाग्नाले,
–   मस्तिष्कमा ट्युमर भएमा,
–   अत्यधिक रक्सी सेवन गरेमा,
–   अनिद्रा, तनाव आदि भएमा,
–   रगतमा चिनीको मात्रा कम भएमा,
–   महिनावारी समस्या वा हर्मोनको गडबडी हुँदा,
–   डाक्टरले दिएको छारेरोगको औषधि नियमित सेवन नगरे,
–   चम्किलो बत्ती वा कुनै विशेष प्रकारको संगीत÷आवाजले,
–   कुनै–कुनै औषधि (जस्तै– एन्टी साइकियाट्रिक, एन्टी डिप्रेसन मेडिसिन आदि) का कारण,
–    मस्तिष्कलाई असर पार्ने कुनै पनि कारण (जस्तै– धेरै लामो अवधिको कडा कमलपित्त, कडा खालको मिर्गौला रोग, परजीविका कारण आदि) ।

छारेरोगका लक्षण

छारेरोग धेरै प्रकारका हन्छन् । मस्तिष्कको कुन भागमा असर परेको हो सोही आधारमा विभिन्न लक्षण देखा पर्छन् ।

–   मुर्छा पर्ने,
–   आखाँ पल्टाउने,
–   फिँज निकाल्ने,
–   जिब्रो तथा ओठ टोक्ने,
–  कसैकसैले थाहै नपाई दिशा वा पिसाब गर्ने,
–   शरीर कमजोर हुने,
–   टोलाएर बस्ने,
–    शरीरको गतिविधि अनियमित हुने,
–   शरीर कडा हुने र सन्तुलन बिग्रने,
–    बेहोसीबाट ब्युँझिएपछि केही समय बेसुर हुने, थकाइ महसुस गर्ने र निदाउने,
–   शुरुमा कहिलेकाँही मात्र छोप्ने व्यक्तिलाई उपचार नगरेमा छिटोछिटो छोप्न सक्ने र दिनमा धेरै पटक पनि छोप्ने,
–    अप्ठेरो ठाउँ या आगोको नजिक छोप्दा चोटपटक लागि अंगभंग हुने वा जल्ने मात्र नभई एक्कासी मृत्युसमेत हुने, आदि ।

छारेरोगले छोपेका बेला बिरामीका आफन्तले के गर्ने ?

–    धेरै जस्तो छारेरोगले ५ मिनेटभन्दा छोटो अवधि छोप्ने भएकाले नआत्तिने,
–   चोटपटक लाग्न सक्ने सामानहरु (जस्तै– आगो, पानी, धारिलो हतियार आदि) बिरामीको वरिपरिबाट हटाउने,
–   बिरामीलाई सजिलो ठाउँमा सुताउने,
–   बिरामीको नाक वा मुखबाट केही पदार्थ निस्केको छ भने त्यसलार्ई पुछिदिने र सफा राख्ने,
–    बिरामीले लगाएका लुगा कस्सिएको छ भने खुकुलो बनाइदिने, यदि चस्मा लगाएको छ भने फुकालिदिने,
–   बिरामीले पूर्णरुपले स्वस्थ महसुस नगरुन्जेल साथमा रहने र डाक्टरको सल्लाह लिने ।

छारेरोगले छोपेका बेलामा बिरामीका आफन्तले के नगर्ने ?

–    बिरामीको मुख खोल्ने प्रयास नगर्ने,
–    बिरामीलाई समात्ने वा रोक्ने प्रयास नगर्ने,
–    बिरामीलाई जुत्ता, प्याज वा अन्य दुर्गन्ध नसुघाँउने । हाम्रो समाजमा दुर्गन्धित मोजा सुँधाउनुपर्छ भन्ने भ्रम छ, त्यसलाई त्यागिदिने,
–    छारेरोगका बिरामीलाई जोखिमपूर्ण गतिविधि (जस्तै– ड्राइभिङ, रुख चड्ने, पौडिने आदि) गर्न नदिने ।

छारेरोग पटक–पटक दोहरिन नदिन के–के गर्ने  ?

–    नियमित औषधि लिने,
–    पर्याप्त मात्रामा निद्रा पु¥याउने,
–    चिन्ताबाट मुक्त रहने,
–    योगा र ध्यान गर्ने, जसले गर्दा मन शान्त रहोस्,
–   मध्यपान र धूमपान सेवन नगर्ने,
–    स्वस्थ खाना खाने । माछा–मासुभन्दा फलफूल र सागसब्जी बढी खाने,
–    पानी प्रसस्त मात्रामा पिउने,
–    डाक्टरको सल्लाहबिना औषधि घटाउने, बढाउने वा बन्द गर्ने काम नगर्ने ।

छारेरोगका लागि के परीक्षण गर्ने ?

–    रगतबाट कलेजो र मिर्गौलाको जाँच,
–    इइजी,
–    टाउकोको सिटी स्क्यान वा एमआरआई,
–    पेट स्क्यान,
–    आवश्यक परे मस्तिष्कको शल्यक्रिया पनि गर्ने ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *