लोड हुदैछ

Type to search

जानकारी

एसियाका तारा भगवान गौतम बुद्धको प्रेरक कथा : जसले मानिसको जीवन बदल्नेछ

सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । उनी हालको लम्बिनीमा जन्मिए, त्यो अहिले नेपालको भू-भागमा पर्छ । अर्थात गौतम बुद्ध यही धर्तीमा जन्मिए । बुद्धको बारेमा हामीले सुन्दै आएका छौ, उनले राजसी जीवन त्यागेर सन्यासी भए । बुद्धत्व प्राप्त गरे । बुद्धको अर्थ बोधिप्राप्त वा अन्तिम सत्यको साक्षतकार गरेको महामानव बुझिन्छ । बुद्ध हुनुअघि उनी सिद्धार्थ गौतम थिए ।

loading...

यहाँ गौतम बुद्धको प्रसंगको कथा प्रस्तुत गरिएको छ । कथा प्रेरणादायी छ, जसबाट जीवनोपयोगी कुरा बुझ्न सकिन्छ ।

कथा एक

बालकको ढुंगा र आँप

गौतम बुद्ध कुनै बगैंचामा विश्राम गरिरहेका थिए । तब बच्चाको एक झुन्ड त्यहाँ आए । आँप फलेको थियो । उनीहरुले आँपको रुपमा ढुंगा प्रहार गरे । रुखबाट पाकेको आँप झर्‍यो । एवं रितले उनीहरु ढुंगा बर्साउदै आँप झार्न थाले ।

यसै क्रममा एउटा ढुंगा बुद्धको खुट्टामा बज्रन आइपुग्यो । ढुंगाको प्रहारले बुद्धको खुट्टामा घाउ भयो । रगत बग्न थाल्यो । बुद्धको यस्तो अवस्था देखेर त्यहाँ उपस्थित बच्चाहरु डराए, भयाभित भए ।

बच्चाहरुले माफी मागे, ‘हामीबाट ठूलो गल्ती भयो । हाम्रै कारण तपाईको खुट्टामा ढुंगा लाग्यो र घाउ भयो । हाम्रो कारणले तपाई दुखी हुनुभयो ।’

बुद्धले उदेग मान्दै जवाफ दिए, ‘वास्तवमा म दुखी छु । कारण के भने, तिमीहरुले रुखमा ढुंगा हान्यौं, त्यसले तिमीहरुलाई मिठो आँप दियो । तर, मलाई ढुंगा लाग्यो, मैले केवल तिमीहरुलाई डर, त्रास दिएँ । फल दिन सकिन ।’

कथा- दुई

डोरीको गाँठो र जीवनका समस्या

एकदिन भगवान बुद्ध आफ्नो सभामा पुगे । त्यसबेला उनको हातमा डोरी थियो । बुद्धले आसन ग्रहण गरे र केहि नभनी डोरी गाँठो पार्न थाले ।

त्यहाँ उनका शिष्यहरु थिए । गौतम बुद्धले डोरीलाई गाँठो पारिरहेको देखेपछि उनीहरुमा जिज्ञासा उठ्यो, अब के गर्ने होला ?

तब बुद्धले सबैलाई एक प्रश्न गरे, ‘मैले यस डोरीको तीन गाँठो बनाए । अब म यो जान्न चाहन्छु कि, यो त्यही डोरी हो, जो गाँठो पार्नुअघि थियो ?’

एक शिष्यले उत्तर दिए, ‘गुरुजी यसको उत्तर दिनु थोरै कठिन छ । वास्तवमा यो हाम्रो हेराइमा निर्भर गर्छ । एक दृष्टिकोणबाट हेर्दा, डोरी त्यही हो, यसमा कुनै परिवर्तन छैन । अर्को कोणबाट हेर्दा, यसमा तीन गाँठो देखिन्छ, जो पहिला थिएन ।’

‘साँचो हो’ बुद्धले भने, ‘अब म यस गाँठोलाई खोल्नेछु ।’ यति भनेर बुद्धले डोरीको दुबै छेउमा समातेर जोडले तान्न लागे । उनले सोधे, ‘तिमीहरुलाई के लाग्छ, यस प्रकार डोरीलाई दुईतर्फबाट तान्दा गाँठो फुत्किएला ?’

‘होइन, होइन । त्यसो गर्नुभयो भने त त्यो गाँठो थप कसिलो बन्छ । र, यसलाई खोल्न मुश्किल पर्छ’ एक शिष्यले जवाफ दिए ।

बुद्धले भने, ‘ठिक छ, अब एक अन्तिम प्रश्न । भन, यस गाँठोलाई खोल्नका लागि हामीले के गर्नुपर्ला ?’

एक शिष्यले उत्तर दिए, ‘गुरुजी, यसका लागि हामीले हेर्नुपर्छ कि कसरी गाँठो परेको छ ।’

‘म यहि सुन्न चाहन्थें । मूल प्रश्न यही हो कि, जुन समस्यामा तिमी फेसका छौ, वास्तवमा त्यसको कारण के हो ? कारण नै पत्तो नपाई त्यसको समाधान संभव छैन ।’

उनी भन्दै गए, ‘मैलें देखेको छु कि, धेरैजसो मान्छे कुनैपनि समस्याको कारण नै नबुझी त्यसको समाधान खोजिरहेका हुन्छन् । कतिले मलाई सोध्छन् कि, मलाई किन रिस उठ्छ ? मानिसहरु सोध्छन् कि, म आफ्नो रिसलाई कसरी काबुमा राखौं ? कोहि यस्तो पनि सोध्छन् कि, मभित्रको अहंकारको कसरी उब्जियो ?

पि्रय शिष्य, जसरी डोरीमा गाँठो पारेर त्यसको प्रकृति बदलिदैन । त्यही प्रकार मनुष्यमा पनि केहि विकार आउँछ, तर ऊ भित्रको तत्व उहि हुन्छ । आवश्यक्ता के छ भने, कुनैपनि समस्याको कारण राम्ररी जान्नुपर्छ । जब कारण फेला पर्छ, त्यसको निवारण सहज हुन्छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *