लोड हुदैछ

Type to search

जानकारी

नेपाली आकाशमा आज राति उल्कावर्षाको रमाईलो दृष्य देखिने : हेर्न नछुटाउनुहोला -कारण यस्तो छ

काठमाडौं । के तपाईलाई थाहा छ ? आज राति नेपाली आकाशमा उल्काबर्षाको रमाईलो दृष्य देख्न सकिने छ । साउन २ गते देखि नै सक्रिय यो उल्का वर्षालाई मौसम सफा रहे आज राति देखि भोलि बिहान सम्म देख्न सकिनेछ ।

loading...

साउन २८ अर्थात आज राति नेपाली आकाशमा रमाईलो दृष्य देख्न सकिनेछ, तारा झरेको अर्थात उल्काबर्षा । स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण हुने यो उल्का बर्षाको नाम ययाती दिईएको छ । अन्तराष्ट्रिय एस्ट्रोनोमिकल युनियनले पृथ्वीको वरिपरि देखिने ताराको समूहलाई ८८ वटा समूहमा विभाजन गरी नाम दिएको छ । यो उल्कावर्षा साउन २ देखि नै सक्रिय रहेको खगोलविद्हरुले जनाएका छन् ।

सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेतारा नजिक आइपुग्छ तब धुलोका कण र चट्टानहरु तीब्र गतिमा वायुमण्डलमा ठोक्किएर जल्ने गर्छन । यसैलाई खगोल विज्ञानमा उल्कावर्षा वा नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ । उल्का वर्षा प्रतिसेकेन्ड ६० किलोमिटरसम्म हुने भएकाले करिब ७० किलोमिटर माथि पृथ्वीको वायुमण्डलमा घर्षण पैदा भई तारामण्डलको जस्तो देखिन्छ ।

यदि यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । अहिले बर्षाको मौसम भए पनि मौसमले साथ दिए उल्काबर्षा हेर्न सुनौलो मौका हुने नेपाल एस्ट्रोनिमिकल सोसाइटीले जनाएको छ ।

यो पटक मौसमले साथ दिए प्रतिघण्टा सयवटा सम्म उल्का बर्षा देख्न सकिने सोसाइटीको भनाई छ । उल्का बर्षा नाङ्गो आँखाले हेर्दा पनि फरक नपर्ने खगोलबिद्को भनाई छ । उत्तर पूर्वबाट उदाएर उत्तर दक्षिणमा गएर अस्ताउने एउटा समूह ययाती हो। यो यायाती स्विफ्ट टटल नामक पुछ«ेताराका कारण हुन्छ । स्विफ्ट टटल पुच्छ्रेताराले पृथ्वीको परिक्रमा गर्न १सय३३ वर्ष लगाउँछ ।

अहिले उल्का वर्षा गराउने स्विफ्ट टटल यसअघि १९ सय ९२ मा पृथ्वीको नजिक आएको थियो। अब यो पुच्छ्रेतारा १ सय १० वर्षपछि पृथ्वीको नजिक आइपुग्ने सोसाइटीको भनाई छ । कतिपयले उल्कावर्षालाई भाग्यसँग जोडदै तारा खसेको बेला आफुले चाहेको कुरा मागेमा पूरा हुन्छ भन्ने विश्वास छ । तर यस्को कुनै बैज्ञानिक प्रमाण भने छैन ।यद्यपी खगोल विज्ञानको अनुसन्धानमा यसको ठूलो महत्व छ ।

उल्का वर्षालाई नेपाली जनजीवनमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *