लोड हुदैछ

Type to search

समाचार

११ बर्षे निशान खड्काको अन्तेष्टिमा भाव बिहोल हुदै आशुका धारा बगाए निशानका बुवाले

काठमाडौँ । सोमबार अपहरणकारीले हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

loading...

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बुधबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् ।

विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गोपाल निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए ।

भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा गोपाल थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् ।

निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए ।

निशानको हत्यापछि उनीहरु पनि भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए ।

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन खुल्ला भएको एक साताको अवधिमै १ अर्व भन्दा बढिको शेयर आवेदन परेकाले आयोजनाको शेयर विक्रि उत्साहजनक देखिएको हो ।

शेयर आवेदन खुल्ला भएको एक साताको अवधिमा करिव ५० हजार दोलखा बासिले १ अर्व भन्दा बढिको शेयर खरिद गरेको माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ ।

दोलखा जिल्लाबासीका लागि १ अर्व ५ करोड ९० लाख बराबरको शेयर निश्काषण गरिएकोमा एक साताको अवधिमै १ अर्व ५ करोड रुपैयाँको शेयर विक्रि भईसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

दोलखाबासीका लागि यही साउन १६ गतेदेखि शेयर आवेदन खुल्ला भएकोमा बुधबारसम्म करिव ५० हजार आवेदनबाट १ अर्व ५ करोड संकलन भईसकेको उन ले बताए । त्यसमध्य अधिकांश शेयर काठमाडौँबाट विक्रि भएएको हो ।

१ अर्व ५ करोड मध्य १० प्रतिशत मात्रै दोलखाबाट वितरण भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

काठमाडौँबाट माथिल्लो तामाकोशी आयोजनामा शेयर भर्ने दोलखाबासिको चाप उच्च रहेकोले काठमाडौँबाट शेयर भर्नका लागि केही दिन समय थप हुने भएको छ ।

यसअघि काठमाडौँबाट शेयर आवेदन दिनका लागि शुक्रबारसम्मको मात्रै समय तोकिएको थियो । दोलखा जिल्लाबाट भने आगमी भदौ १४ गतेसम्म शेयर आवेदन दिन पाईनेछ ।

काठमाडौँमा रहेका दोलखाबासिलाई माथिल्लो तामाकोशी आयोजनामा शेयर आवेदनका लागि शुक्रबार सम्मको मात्रै समय तोकिएकोमा अत्याधिक चाप देखिएको भन्दै आयोजना प्रमुख श्रेष्ठले केही दिन समय थप हुन सक्ने संकेत गरेको हो ।

काठमाडौँबाट शेयर भर्नका लागि कम्तिमा ५ दिन समय थप हुने उनले बताए । आयोजनाले १० दिनको मात्रै समय तोकेपछि काठमाडौँमा शेयर आवेदन दिने दोलखाबासिको चाप उच्च देखिएको हो ।

माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासिका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण भएको छ ।

आयोजनामा सबै दोलखाबासिले न्युनतम ३० देखि ३ सय कित्ता सम्म सेयर हाल्न पाउनेछन् । शेयर बाँडफाँडका लागि दोलखाबासीलाई आयोजना प्रभावित क्षेत्रका आधारमा ३ वर्गमा छुट्याईएकाले ३ प्रकारकै शेयर आवेदन फाराम तयार पारिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *