लोड हुदैछ

Type to search

समाचार

ओली सरकारले लागु गर्ने भयो बेरोजगारी युवालाई भत्ता देखी रोजगारीको अबसर

सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।
वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र
रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने
गरी कानुन बनाउन लागिएको हो ।
१८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी
बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले
मन्त्रिपरिषदमा पठाउँदैछ ।
रोजगारीको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको
मस्यौदा कानुन मन्त्रालयले समेत सहमति दिएपछि मन्त्रिपरिषद पठाउन
लागिएको हो । ‘मैले सदर गरिसकेँ, अब मन्त्रिपरिषदमा पठाउँछौं,’ श्रम
रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टले भने,
‘विधेयकमा भएको व्यवस्थाले बेरोजगार युवाको समस्या समाधान गर्नेछ ।’ –
कान्तिपुर दैनिकबाट

loading...

Leave a Comment

Your email address will not be published. Required fields are marked *