लोड हुदैछ

Type to search

समाचार

अर्घाखाँची : आफ्नै भाइ बुहारीलाई जेठाजुले गरे हँसिया प्रहार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका साविक वडा नम्बर ४ बडाचौर धारा निवासी ३९ वर्षीया उमा खनाललार्इ दिउँसो आफ्नै जेठाजुले टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएका छन्।                       घाइते उमा खनालका जेठाजुले आफ्नै बुहारीलार्इ बाराम्बार चरम यातना दिने गरेको स्थानीयहरुको भनाइ छ। स्थानीयवासी र निजका घर परिवारको भनाइ अनुसार उनले आफ्नो गोठमा रहेका कुखुरा, बाख्रा पाठाहरु, कानका गहना बेचिदिने लत्ताकपडाहरु फालिदिने गरेको गुनासो रहेको छ।

loading...

अहिले हँसिया प्रहारबाट घाइते उमा खनाललार्इ पत्रकार प्रेम खड्का र जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरुको सहायतामा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ। पीडक जेठाजुको मानसिक सन्तुलन गुमाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *